गत बर्ष लकडाउनमा पनि ड्रिम सर्च एजेन्सि चुपचाप बसेन , बालबालिका भित्र भएका गायन प्रतिभा तथा नृत्य प्रतिभाको अनलाइन मार्फत भए पनि खोजि गरिरह्यो ।

अनलाईन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन, २०२०’ नाम दिएर एक प्रतिस्पर्धा सन्चालन गर्यो । यहि प्रतियोगीताका बिजेताहरुको नयाँ गीत ’सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित गायक, रचनाकार तथा संगीतकार धर्मेन्द्र सेवानको शब्द रहेको उक्त गीतमा धर्मेन्द्र सेवानले नै संगीत भरेका छन भने गीतको एरेन्ज बालकृष्ण चौधरीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने निशिला शाक्य र उनको टिमले गरेका हुन ।

अन्तिम पटक अध्यावधिक गरिएको 31 Viewed

प्रतिक्रिया दिनुहोस्