सङ्खुवासभा जिल्लामा कोरोना संक्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि जिल्ला भित्रका सबै पालिका क्षेत्रका बजार क्षेत्र र ग्रामिण वस्तीको जनजीवन जटिल बन्दै गएको छ । सङ्खुवासभा जिल्लामा शुक्रबार साँझ थप ९१ जना कोरोना संक्रमित थपिए सँगै १ हजार ४५ जना सक्रिय सङक्रमितहरुको सङ्ख्या रहेको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवक्ता सूचना अधिकारी रोषण श्रेष्ठले जानकारी दिए । कोभिड १९ को दोस्रो लहरमा नागरिकहरुमा सङ्क्रमण बढ्दै गएपछि पी. सी.आर परीक्षण १ हजार २ सय ७२ जनामा गरिएकोमा ४ सय ६७ जना सङ्क्रमितहरुको सङ्ख्या देखिएको छ । यसै गरी १ हजार २ सय ४८  जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ७८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्लामा ४ वटा सँस्थागत आइसोलेसनमा १ सय १० जनाले स्वास्थ्य उपचार गराइरहेका र २ सय ६८ जना होम अइसोलेसनमा रहेको समेत जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवक्ता श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार जिल्ला भरी ४ वटा कोभिड अस्पताल स्थापना गरी २ सय ५ बेड सहित २ वटा भेन्टिलेटर कोभिड स्वास्थ्य अस्पतालमा रहेका छन् । जिल्लामा हालसम्म कोभिड सङ्क्रमण भएकाहरु मध्ये ६ सय ३५ जना उपचार पछि निको भएर घर फर्किसकेका भने अन्य संक्रमितहरुको अवस्था सामान्य रहेको समेत प्रवक्ता श्रेष्ठले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 41 Viewed

प्रतिक्रिया दिनुहोस्