लगातार आएको बाढीले सङ्खुवासभाको मादी नगरपालिका वडा नं. ५ बस्ने वर्ष २५ का एक युवकको लाश २ दिनपछि आज फेला परेको छ ।

शुक्रवार दिउसो ३ः०० बजे अरुण भ्याल्ली हाइड्रो पावरमा कर्मचारीको रुपमा कार्यरत मादी नगरपालिका वडा नं. ५ मुलपानीका महेश दाहाललाई पिलुवा खोलाले बगाएर २ दिनपछि आज विहान युवकको लाश बगाएको स्थानबाट आधा किलोमिटर तल फेला परेको चैनपुर ७ को अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक आत्माराम कार्कीले बताए । मृतकको लाख पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर ल्याउदै गरेको प्रहरी सहायक निरीक्षक कार्कीले जानकारी दिए । यसैगरी जिल्लाको खाँदवारी नगरपालिका वडा नं. ३ चिसापानीका ३ वर्षीय बालिकाको नालीमा डुबेर मृत्यु भएको छ । घर नजिकैको खेल्न गएकी एलिसा गुरुङको शुक्रवार दिउसो घर नजिकै सडक निर्माण गर्दा खनिएको खाल्डोको नालिमा डुबेकी थिइन् । उनलाई नालिको खाल्डोबाट निकाली उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याउने क्रममा बालिकाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खाँदवारीका प्रहरी निरीक्षक कविन्द्र राईले जानकारी दिए । प्रहरी निरीक्षक राईका अनुसार बालिकाको लास पोष्टमार्टम पछि आफन्तलाई बुझाइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 74 Viewed

प्रतिक्रिया दिनुहोस्