सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिकाको वडा नं. १ को कुसुवा डाँडा गाउँमा होम आइसोलेसनमा रहेका वर्ष ५९ का पदमबहादुर गदालको आज विहान ९:३० बजे उपचारको लागि वाना प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ ।

पाँचखपन नगरपालिका वडा नं. १ मा कोभिड सङ्क्रमण अत्याधिक बढेको आशंका भएपछि जेठ ६ गते गरिएको पिसीआर परीक्षणमा जेठ १० गते ३५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । ३२ जना कोभिड सङ्क्रमितहरु होम आइसोलेसनमा रहेका मध्ये गदाललाई कोभिड सङ्क्रमण पुष्टि भएको ३ दिनपछि मृत्यु भएको वडा नं. १ का वडा अध्यक्षा टेकबहादुर बुढाथोकीले जानकारी दिए । वडा अध्यक्ष बुढाथोकीका अनुसार अहिले ३५ जना कोभिड सङ्क्रमण मध्ये १ जना नोवेल अस्पताल विराटनगरमा उपचाररत अवस्थामा छन् भने २ जनाको चैनपुर स्थित आइसोलेसन कक्षमा उपचार भई रहेको छ । अध्यक्षा बुढाथोकीका अनुसार हिजो मात्र वडा नं. १ मा ३९ जनाको स्वाव परीक्षणका लागि लिएको र उनीहरुको रिपोर्ट आइनसकेको समेत जानकारी दिए । यस अघि तुम्लिङटार आइसोलेसनकक्षमा उपचारको क्रममा रहेका सिलिचोङ गाउँपालिका ३ का बागबिर तामाङको कोभिड सङ्क्रमणको कारण मृत्यु भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 46 Viewed

प्रतिक्रिया दिनुहोस्