जिल्लाको सिलिचोङ ५ याफुमा गत शुक्रवार जंगली च्याउ खाएर विरामी भई उपचाररत अवस्थामा रहेका मध्ये अर्का एक जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित लाईफगार्ड अस्पतालमा उपचार गराइरहेकी २१ बर्षिया निर्जला राईको मंगलबार विहान मृत्यु भएको मृतकका आफन्तले जानकारी दिए । जंगली च्याउ खाएका कारण एकै पटक विरामी भएका भध्ये ११ बर्षिया रोजिना राईको यस भन्दा अघि नै मृत्य भईसकेको थियो । जिल्ला अस्पताल खाँदवारीमा उपचार नहुने भएपछि ८ जनालाई धरान स्थित विपी काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । विरामी भएका ८ जना मध्ये दुई जनाले ज्यान गुमाएका छन् । मृतक निर्जला राई विरामी भएका राई परिवारका कान्छा छोरा सहदेवका श्रीमति श्रीमति हुन् । मृतक राईको ४ महिनाको बच्चा रहेको छ । बच्चा आफन्तकासाथ गाउँमै राखिएको बुझिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 48 Viewed

प्रतिक्रिया दिनुहोस्