संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. ४ का ३९ वर्षीय लालबहादुर राईको जंगली च्याउ खाएर मृत्यु भएको छ ।

खाँदवारी ४ निवासी राईले ४ दिन अघि स्थानीय जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा ७० वर्षीय आमा राधिका राई सहित उनी विरामी भएपछि थप उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा छोरा लालबहादुर राईको मृत्यु भएको छ भने उनकी आमाको उपचार भइरहेको पारिवारिक श्रोतले जनाएको छ । यसरी नै ३ दिन अघि सिलिचोङ गाउँपालिका वडा नं. ५ याफुमा एकै परिवारका सबै ९ जना सदस्यहरु जंगली च्याउ खाएर विरामी परी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेकामा ११ वर्षीय रोजिना राइको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर राईले बताउनु भयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 26 Viewed

प्रतिक्रिया दिनुहोस्