सङ्खुवासभा जिल्लामा कोरोना संक्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि जिल्ला भित्रका सबै पालिकाको जनजीवन जटिल बन्दै गएको छ ।
सङ्खुवासभा जिल्लाका जेठ ११ गते मंगलबार साँझ थप १८ जना कोरोना संक्रमित थपिएसँगै ५ सय ८८ जना सक्रिय सङक्रमितहरुको सङ्ख्या देखिएको छ । कोभिड १९ को दोस्रो लहरमा नागरिकहरुमा सङ्क्रमण बढ्दै गएपछि पी. सी.आर परीक्षण ९ सय ४६ जनामा गरिएकोमा ३ सय ५१ जना सङ्क्रमितहरुको सङ्ख्या देखिएको छ । यसै गरी ५ सय ५९ जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३७ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । जिल्लामा ४ वटा सँस्थागत आइसोलेसनमा ७० जनाले स्वास्थ्य उपचार गराइरहेका र २ सय ५९ जना होम अइसोलेसनमा रहेको समेत जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता रोषण श्रेष्ठले बताए । प्रवक्ता श्रेष्ठका अनुसार जिल्ला भरी ४ वटा कोभिड अस्पताल स्थापना गरी १ सय ४३ बेड सहित २ वटा भेन्टिलेटर कोभिड स्वास्थ्य अस्पतालमा रहेका छन् । जिल्लामा हालसम्म कोभिड सङक्रमण भएकाहरुमध्ये २ सय ३६ जना उपचार पछि निको भएका छन् भने अन्य संक्रमितहरुको अवस्था सामान्य रहेको समेत प्रवक्ता श्रेष्ठले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 72 Viewed

प्रतिक्रिया दिनुहोस्