कोभिड संक्रमणको जोखिम दिन प्रतिदिन जिल्लामा बढेसँगै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जेष्ठ १२ गते रातीसम्म १० दिनका लागि आजै पुनः निषेधाज्ञा जारी गरेको छ ।

देशभर कोरोना सङ्क्रमितको संख्या तिव्र रुपमा वृद्धि हुँदै गएपछि बैशाख २६ गते रातिबाट लागु हुने गरी पहिलो पटक जिल्ला प्रशासन कार्यालय सङ्खुावसभाका प्रजिअ टेकनारायण पौडलको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (DCCMC) बैशाख २५ गते बसेको बैठकले जेष्ठ २ गते रातीसम्म संखुवासभामा जिल्लाभर एक साताका लागि निशेधाज्ञा जारी गरेको थियो । कोरोनाको सङक्रमण सङ्ख्या दिनानुदिन बढ्दै गएपछि आज बसेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले जेष्ठ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको सङखुवासभाका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । निशेधाज्ञा अवधिभर अतिवश्यक काम वाहेक घरबाहिर ननिस्किन, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न, भेला, सभा सम्मेलन लगायत भीडभाड हुने गतिविधि नगर्न नागरिकहरुलाई आग्रह समेत जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले गरेको छ ।

अघिल्लो पटक एक साताका लागि गरिएको लकडाउनमा ग्यारेज, पसल खोल्न नदिएकोमा यातायातका सवारी साधनमा समस्या हुँदा यस पटकको निशेधाज्ञामा निश्चित समय त्यस प्रकृतिका व्यवसायहरुलाई दैनिक रुपमा निश्चित समय खोल्न दिने निणर्य गरिनुका साथै जिल्ला भित्र सञ्चालित ठूला तथा मझौला र साना प्रोजेक्टहरुमा रहेका अक्सिजन ग्याँस सिलिण्डर खोजी गरी तत्काल सङ्क्रमितहरुको स्वास्थ्य उपचारमा उपयोग गर्ने गरी व्यवस्था मिलाउने जिल्ला जिल्ला कोभिड संकट व्यवस्थापन समिति (DCCMC) को आज बसेको बैठकले निणर्य गरेको समेत प्रजिअ पौडेलले जानकारी दिनुभयो । यसै गरी धार्मिक सँस्कार अनुसार गरिने विवाह, उत्सव आदि कार्यमा समेत मानिसहरुको भौतिक उपस्थितिलाई सानो आकारमा ल्याउन बैठकले नागरिकहरुलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जारी गरेको निशेधाज्ञाको यस समय अवधिमा एम्बुलेन्स, खाद्यान्नका गाडी, पानी बोक्ने ट्याङ्कर, दमकल, फोहोर बोक्ने गाडी, सुरक्षाकर्मी,  स्वास्थ्यकर्मी र सञ्चारकर्मीले प्रयोग गर्ने गाडी स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने बाहेकका सबै सवारी साधानरु बन्द गरिएको छ । २४ सै घण्टा सञ्चालन हुने औषधि पसल बाहेक तरकारी पसल, खाद्यान्नका पसल स्वास्थ्य मापदण्ड अपनाएर मात्र निश्चित समय खोल्न निर्देशन गरिएको प्रजिअ पौडेलले वताउनु भयो । हालसम्म संखुवासभामा २ सय ७० जना कोरोना संक्रमित भएकोमा ३२ जना उपचार पछि निको भएर घर फर्केका छन् । यसै गरी ८ सय ४३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ सय ७० जनामा कोरोना सङक्रण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ । अहिले २ सय ७० कोरोना सङ्क्रमितहरु मध्ये १६ जना स्वच्छिक रुपले जिल्ला बाहिर उपचार गराइरहेको, २ सय २२ जनामा ५६ जना सस्थागत आइसोलेसनमा रहेका छन्, यसै गरी १ सय ६६ जना होम आइसोलेसनमा रहेका र सबैको अवस्था सामान्य रहेको समेत जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवक्ता रोषनकुमार श्रेष्ठले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 94 Viewed

प्रतिक्रिया दिनुहोस्