नेपाली कांग्रेस संखुवासभाका जिल्ला सभापति दिपनकुमार श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । सोमबार गरिएको एन्टिजेन चेकमा जिल्ला सभापति श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रवक्ता रोषण श्रेष्ठले बताए ।


श्रेष्ठलाई आइतबार रातिबाट सामान्य ज्वरो आएपछि सोमबार जिल्ला अस्पतालमा एन्टिजेन चेक गर्दा पोजेटिभ देखिएको थियो । सभापति श्रेष्ठलाई सोमबार नै जिल्ला अपस्पतालको आइसोलेसन तुम्लिङटार लगिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए । कांग्रेस सभापति श्रेष्ठ सहित खाँदबारी १ का दुई जनामा कोरोना संक्रमण देखिएको हो । कांग्रेस सभापति श्रेष्ठ आफू होम आइसोलेसनमा नबस्ने बताउँदै सरकारले बनाएको आइसोसेसनमा गएका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संखुवासभामा अहिले सम्म ५५ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तुम्लिङटारको आइसोलेसनमा अहिले ५ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रवक्ता श्रेष्ठले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 48 Viewed

प्रतिक्रिया दिनुहोस्