सङ्‍खुवासभाको चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीलाई 9 N –ANL नम्वरको हेलिकप्टरद्वारा चैनपुरबाट काठमाण्डौँ स्थित गंगालाल अस्पतालमा अपरान्ह ३ बजे लगिएको चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले जानकारी दिए । नगर प्रमुख खत्री २ दिन अघिदेखि शारिरीक रुपमा अस्वस्थ भई तारातार वान्ता गर्ने र शरीरमा थकान देखिएपछि उनलाई आजै थप उपचारका लागि काठमाण्डौ लगिएको पारिवारिक स्रोतले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट बुधबार एकै दिन ३० जनामा कोरोना सङ्‍क्रमणको पुष्टि भएको छ । धर्मदेवी नगरपालिका वार्ड नं ४ मा रहेको माया खोला हाइड्रोपावरमा कार्यरत मजदुरहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रवक्ता रोषन श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी माकालु गाउँपालिकाको नुम ६ आम्राङमा SSNR मा सम्बद्ध ६ जनामा समेत कोरोना पोजेटिभ देखिएको छ । यस अघि खाँदवारी नगरपालिका वार्ड नं.१ स्थायी घर भएका नेपाली कांग्रेस जिल्ला सभापति दिपनकुमार श्रेष्ठ सहित अन्य ४ जनामा समेत कोरोना पोजेटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका अनुसार RT-PCR परीक्षणाका लागि २ सय ४९ जनाको नमुना परीक्षण गरिएकोमा ५५ जना पुरुषलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये ४२ जनाको रिपोर्ट आउन बाँकी रहेको समेत जिल्ला जनस्वास्थ्य कार्यालय सङ्‍खुवासभाले जनाएको छ । परीक्षण गरिएका मध्ये १ सय ५३ जनाको रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य कार्यलय सङ्‍खुवासभाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका अनुसार हिजो सम्मको जिल्ला भरीको सक्रिय सङ्‍क्रमितको सङ्‍ख्या  ३३ जना रहेकोमा आज ३६ जना सङ्‍क्रमित सङ्‍ख्या थपिएका छन् भने १४ जना सङ्‍क्रमितहरु निको भई घर फर्किएका छन् । जिल्लामा हालसम्मको सक्रिय सङ्‍क्रमितको सङ्‍ख्या ४९ रहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । आज जिल्ला भरीका विभिन्न ठाउँमा गरिएको ८२ जनाको परीक्षणमा १३ जना सङ्‍क्रमित सङ्‍ख्या थपिएको छ । सङ्‍क्रमितहरुमध्ये ४४ जना सङ्क्रमितलाई होम आइसोलेसनमा राखिएको छ भने जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले निर्माण गरेको सस्थागत आइसोलेसनमा नेपाली कांग्रेस पार्टी सभापती दिपन श्रेष्ठ सहित अन्य ४ जनालाई खाँदवारी नगरपालिका ९ को तुम्लिङ्टार स्थित आइसोलेसनमा राखिएको छ । सङ्खुवाभसामा ४ वटा अस्पताल र ९५ बेड संङ्ख्या सहित २ वटा भेन्टिलेटर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आजै चैनपुर नगरपालिकाको वडा नं.१० खराङमा १३ जनाको स्वाव परीक्षण गरी जिल्ला अस्पताल धनकुटा पठाइएको र १ जना पुरुषलाई थप उपचारका लागि धरान स्थित विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको चैनपुर नगर स्वास्थ्य शाखा प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले कोरोना सङ्क्रमितको सङ्‍ख्या दिनप्रतिदिन बढ्दै गएपछि जिल्लाको धर्मदेवी नगरपालिकाको टुटे देउराली नाका र आँखिभुईको केवाबेँसी नाकामा उच्‍च सुरक्षा शतर्कता अपनाई चेकजाँच गर्ने व्यवस्था मिलाइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो । सङ्‍खुवासभाका मुख्य व्यापारिक बजारहरु खाँदवारी र चैनपुरमा आजबाट विहान र बेलुकाको सिमित समयदेखि बाहेक अनावश्यक भिडभाड नहोस भन्ने उदेश्यले वाणिज्य संघको अगुवाइमा बजार¸ पसल लगायत सार्वजनिक स्थलमा भिडभाड नगर्न सर्वसाधारण नागरिकहरुलाई सूचना जारी गरिएको उद्योग वाणिज्य संघ चैनपुरका अध्यक्ष आशिष शाक्यले जानकारी दिए ।  

अन्तिम पटक अध्यावधिक गरिएको 54 Viewed

प्रतिक्रिया दिनुहोस्