जिल्लाको खाँदबारी नगरपालिका वडा नं. २ को चेवामा रहेको नव प्रतिभा बाल क्लबले अतिरिक्त क्रियाकलाप अन्तर्गत समुदायमा लोपोन्मुख हुन लागेको टपरी र परालबाट निर्माण हुने पिरा बुन्ने कार्यको सीप अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

वडाका स्थानीय अभिभावकहरुको सहयोग र सहजिकरणमा उक्त कार्यक्रम आयोजना गरिएको बाल क्लबका अध्यक्ष नेल्सन रेग्मीले जानकारी दिए । प्रविधिको विकाससँगै हाम्रा पुर्खाहरुले संचालनमा ल्याएको सांस्कृतिक सम्पदा र सीपहरु बिस्तारै लोप हुँदै गएको र यसरी क्रमश लोप हुने क्रम बढ्दै गएमा र हामीले संरक्षण नगरेमा यस्ता पुर्खाका सीप र कला लोप हुने संकेत देखे पछि बाल क्लबको अगुवाईमा स्थानीय सिल्प र कलालाई जगेर्ना र संरक्षण गर्ने उदेश्यले टपरी र पिरा बन्ने सीपको अनुशिक्षण युवा युवतीहरुलाई दिएको समेत रेग्मीले जानकारी दिए । स्थानीय स्तरमा प्रयोगमा ल्याउँदै गरेको सालको पातबाट बनाइने दुना टपरी र परालबाट निर्माण गरिने पिराको सीप दिनप्रतिदिन प्लास्टिकका भाँडा र प्लास्टिकका पिराहरुले लोप हुँदै जान थालेपछि चेवाका स्थानीय युवाहरुले स्थानीय स्तरमा उत्पादन गरिने टपरी र पिरालाई संरक्षण गर्ने उदेश्यका साथ यस किसिमको अभियान शुरु गरिएको क्लबका कोषाध्यक्ष सपन ओझाले बताए ।

अहिले गाउँ घरमा हुने विभिन्न चाडपर्व तथा दुःखद क्षणहरुमा पनि बजार मा पाइने रेडिमेड सामानहरु मात्र प्रयोग गरिरहने र यसले आर्थिक पक्ष पनि कमजोर बनाउने हुदा यो टपरी बुनाइ तथा परालको पिरा बुन्ने सिप १ दिने भए पनि अनुशिक्षण सीपको कार्यक्रमको थालनी गरेर स्थानीय स्तरको कच्चा पदार्थबाट निर्माण गर्ने गरी दुना टपरी र पिरा बुनाईको कार्यक्रम संचालनमा ल्याइएको क्लबका अध्यक्ष रेग्मीको भनाई छ । अध्यक्ष रेग्मीले आफ्नो ब्यस्त समयहरुलाई पनि मध्यनजर गरि यस्तो राम्रो कार्यहरु सिकाइ सहजीकरण गरिदिनुभएकोमा अग्रज अभिभावकहरुलाई  धन्यवाद प्रकट गर्दै आफूहरुलाई १ दिने सिकाईले केही हदसम्म जानेको र अझै सिकाइको आवस्यक रहेको बताए ।

बिगतका दिनहरुमा पनि यस्तै विभिन्न कार्यक्रम गर्दै आएको यस बाल क्लब खाँदबारी नगरपालिकामा सुचिकृत भई नयाँ नयाँ कार्यहरु गर्दै आइरहेको छ । बाल क्लबका शुभेच्छुक प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि उत्तिकै सहयोगको अपेक्षा रहेको क्लबका अध्यक्ष रेग्मीले बताए । स्थानीय स्तरमा उत्पादन हुने दुना टपरी¸ परालको पिरा र गुन्द्री लगायतका सामग्री निर्माण गरी निरन्तरता दिन सके फजुल खर्चबाट समेत बच्न सकिने क्लवका अध्यक्ष रेग्मीको भनाई रहेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 77 Viewed

प्रतिक्रिया दिनुहोस्