नेवा देय् दवु चैनपुर नगर समितिले ईलाका प्रशासन कार्यालय चैनपुर मार्फत नेपाल सरकारमा गाई जात्रा पर्वको अवसरमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै नेवारी समुदायको नेतृत्व टोलीले आज ज्ञापन पत्र बुझाएका छन् । नेवारहरुको साझा राष्ट्रिय संगठन नेवा देय् दवुको चैनपुर नगर समितिले नेपालभरका नेवार लगायत अन्य समुदायले मान्दै आएको जात्रा पर्व मनाउँदै आएको पर्व गाईजात्रा पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिनुपर्ने माग गर्दै नेपाल सरकारका गृह मन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र बझाइएको छ । नेपाल सरकारले अहिले काठमाण्डौ, ललितपुर र भक्तपुरमा मात्र सार्वजनिक विदा दिदै आएकोमा देशभर सार्वजनिक विदा दिनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । नेवार समुदायका मानिसहरु नेपालका सबै जिल्लामा बसोबास गर्दै आएको बताउँदै तीन जिल्लामा मात्र सार्वजनिक विदा दिँदा देशभर बसोबास गर्ने अन्य नेवारी समुदायलाई उपेक्षा गरिएको भन्दै ज्ञापन पत्र बुझाइएको नेवा देय् दवु प्रदेश नं. १ का प्रदेश सदस्य रमेश सुन्दर उदासले जानकारी दिए । आजै जिल्ला प्रशासन कार्यालय संखुवासभामाका प्रजिअ मार्फत नेवा देय् दवु खाँदवारी नगर समितिले समेत नेपाल सरकार समक्ष ज्ञापन बुझाएको छ । नेपाल एक बहु भाषिक, बहु साँस्कृतिक राष्ट्र भएको उल्लेख गर्दै नेपालको सँस्कृति र चाड पर्वहरुलाई समान रुपले हेर्नुपर्ने बताउँदै नेवार समुदायले श्रावण शुक्ल पूणर्िमाका भोलिपल्ट मानिदै आएको गाईजात्रा पर्वको अवसरमा सार्वजनिक विदा दिन सरकारसँग माग गर्दे ज्ञापन पत्र बुझाइएको संखुवासभा नेवा देय् दवुका जिल्ला उपाध्यक्ष दिनेश श्रेष्ठले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 76 Viewed

प्रतिक्रिया दिनुहोस्