वरुण बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले क्याम्पस इकाई अधिवेशन सम्पन्न गरेको छ ।

बुधवार सम्पन्न अधिवेशनले अध्यक्षमा चिरन्जिबी श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । बरुण बहुमुखी क्याम्पसमा भएको अधिवेशनबाट २५ सदस्यीय क्याम्पस इकाई कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षहरुमा हिमज्योती राई, विश्व वनेम र एकराज कटुवाल चयन भएका छन् । यसैगरी सचिवमा सरोज गदाल, सहसचिवमा सविन राई, सविन गदाल र कोषाध्यक्षमा अपि कालाखेती सहित सदस्यहरु चयन भएका छन् ।

बरुण क्याम्पसमा भएको नेविसंघको इकाई अधिवेशनको प्रमुख अतिथीको रुपमा नेपाल विद्यार्थी संघका जिल्ला सभापति चक्र गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै लोकतान्त्रिक मूल्य मान्यता बोकेको ऐतिहासिक इतिहास बोकेको पार्टीको रुपमा रहेको नेपाली काँग्रेस रहेको बताउँदै सोही पार्टीको भातृ संस्थाको रुपमा नेपाल विद्यार्थी संघ रहेको र नेवि संघको साख जोगाउने गरि काम गर्न समेत नवनिर्वाचीत इकाई समितिलाई आग्रह गरे । ‘नेविसंघ नै लोकतन्त्रको आधारशिलाको रुपमा काम गर्ने पार्टीको पहिलो पंक्ति भएको स्मरण गर्दै विद्यार्थीहरुको हकअधिकारको निम्ति नेविसंघ प्रतिबद्ध भएर लड्दै आएको बताए । विद्यार्थीहरुको लोकप्रिय संस्थाको रुपमा चिनिने देशकै सबै भन्दा ठूलो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ भएको स्मरण गर्दै सबै विद्यार्थीहरुलाई यसभित्र गोलबद्ध रहेर संगठनमा काम गर्न आग्रह गरे । वरुण बहुमुखी क्याम्पसका इकाई सभापति विकास राईको सभापतित्वमा भएको कार्यक्रम इकाई सचिव सुवास चर्माकारले संचालन गरेका थिए । नवनिर्वाचीत इकाई कार्यसमितिलाई नेविसंघका जिल्ला सभापति चक्र गुरुङ सपथ खुवाएका थिए । यसैगरी धर्मदेवी नगरपालिकाको नेविसंघ नगर समिति समेत आर्यन बस्नेतको अध्यक्षतामा नगर कार्यसमिति गठन भएको नेपाली कांग्रेस जिल्ला समिति सदस्य बद्रीबहादुर घिमिरेले जानकारी दिए । यसैगरी मादी बहुमुखी क्याम्पसमा समेत नेपाल विद्यार्थी संघको इकाई अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुमन कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको नेपाल विद्यार्थी संघ संखुवासभाका जिल्ला सचिव रामकुमार मगरले जानकारी दिए । 

अन्तिम पटक अध्यावधिक गरिएको 91 Viewed

प्रतिक्रिया दिनुहोस्