वर्तमान केपी ओली सरकारले गरेको प्रतिनिधी सभा विघटन असंबैधानिक भएको भन्दै नेपाली काँग्रेस संखुवासभाले जिल्लाका ७६ वटै वडाहरुमा बिरोध सभा सम्पन्न गरेको छ ।

सरकारको निरंकुश कदमबाट ७ दशक लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा पारिएको भन्दै नेपाली काँग्रेस पार्टीले देशब्यापी रुपमा ७ सय ५३ वटै पालिकाका ६ हजार ७ सय ४३ वटा वडाहरुमा बिरोधको कार्यक्रम सम्पन्न भइरहँदा संखुवासभा जिल्लाका ७६ वटै वडामा भब्यताका साथ बिरोध सभा सम्पन्न गरिएको नेपाली काँग्रेसका जिल्ला सभापति दिपन कुमार श्रेष्ठले जानकारी दिनुभयो । सभापति श्रेष्ठका अनुसार दुई तिहाँई को दम्भ देखाउने केपी ओलि सरकार अन्तत आफैं बिग्रहको भुमरीमा फस्दा जनताको बिकास निर्माण र सम्बृद्धिको आकांक्षा अधुरै रहेको धारणा खाँदवारीमा आयोजित खाँदबारी नगरपालिका वडा नं. १ नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको बिरोध सभालाई सम्बोधनका क्रममा बताउनु भयो । यसैगरी चैनपुर नगरपालिका वडा नं. ७ को चिहान डाँडामा आयोजित नेपाली कांग्रेस वडा कार्य समिति वडा नं.७ ले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेपाली काँग्रेस महासमिति सदस्य एवं चैनपुर नगरपालिकाका क्षेत्रमा नेपाली कांग्रेसको आन्दोलनलाई शसक्त बनाउन खटिनु भएका प्रतिनिधि शंकरमान कंडेलले लोकतन्त्रको रक्षा र संबिधान जोगाउन नेपाली कांग्रेसले यसको अगुवाइ गर्दै शान्तिपुर्ण आन्दोलनमा होमिएको बताउनु भयो । यसै गरी चैनपुर वडा नं. ५ मा आयोजित वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि कुमारबाबु अधिकारीले केपी ओलि सरकार निरंकुशताको बाटोमा रहेको आरोप लगाउँदै असंबैधानिक रुपले भंग गरिएको प्रतिनिधी सभाको पुनरस्थापनाका लागि नेपाली काँग्रेसल कडा संघर्षको कार्यक्रम अघि बढाउने बताउनु भयो । यसै गरी चैनपुरको पोखरी बजारमा आयोजित विरोध सभालाई नेपाली कांग्रेसका नेता ज्ञानबहादुर कार्कीले वर्तमान सरकारले गरेको असंवैधानिक कदम नसच्चिएसम्म नेपाली कांग्रेस आन्दोलनको मैदानबाट पछि नहट्ने बताउनु भयो ।  यसैगरी नेपाली कांग्रेस वडा नं. ११ ले आयोजना गरेको विरोध सभालाई नेविसंघका युवा नेता सन्दिप निरौलाले वडातहमै स्थानीय तहसम्म पार्टीका नेता कार्यकर्ताहरु भेला भएर प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्न सफल भएकोमा कार्यकर्ताहरुलाई धन्यवाद दिँदै प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले शसक्त आन्दोलन गर्ने बताउनु भयो । यसैगरी चैनपुरको नुनढाकीमा आयोजित विरोध सभालाई नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति दिपक लिम्बूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १ सय ६५ संघीय निर्वाचन क्षेत्र, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा यसै गरी  माघ ३ गते देशका ७ सय ५३ पालिकाहरुमा र आज देशभरका सबै वडाहरुमा विरोध प्रदर्शन सफलता पूर्वक सम्पन्न भएकोमा सबैलाई हार्दिक धन्यवाद दिँदै प्रतिगमनको कदम नसच्चिएसम्म आगामी दिनमा समेत पार्टीको कार्यक्रममा सरिक हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । यसै गरी मादी नगरपालिका वडा नं.३ मा आयोजित विरोध सभालाई नेपाली कांग्रेसका जिल्जा उपसभापति रामकुमार जिमीले ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत भएको स्मरण गर्दै असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 207 Viewed

प्रतिक्रिया दिनुहोस्