संखुवासभाको चैनपुर नगरपालिका ३ पोखरी बजारमा उन्नत जातको गाई पालन तथा चिस्यान केन्द्र स्थापना गर्ने भन्दै नाफामुखि नक्कली कम्पनि पोखरी ग्रुप अफ कम्पनी प्रा.लि चैनपुर, संखुवासभामा ३ वर्ष अघि स्थापना भई कृषि कम्पनी संचालकले नक्कली कम्पनी खडा गरेको भन्दै स्थानीयको उजुरी पछि अन्तत कम्पनी संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

फर्म संचालनका मुख्या नाइकेलाई ईलाका प्रहरी कार्यालय चैनपुरको पहलमा वडा प्रहरी कार्यालय नेपालगञ्जल बाँकेले नक्कली कृषि कम्पनी संचालक धनकुटा छथर गाउँपालिका वार्ड नं. ६ बस्ने मुख्य योजनाकार रमेश उपनामले चिनिने नरेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । कम्पनी संचालनका लागि कम्पनी संचालक सहयोगीको रुपमा स्थानीय २ जना व्यक्तिहरुलाई समेत माघ २ गते नै ईलाका प्रहरी कार्यालय चैनपुरले पक्राउन गरी थप अनुसन्धान भइरहेको छ । ईलाका प्रहरी कार्यालय चैनपुरका अनुसार नक्कली कृषि कम्पनी स्थापना गरी कृषक ठगी गर्ने उदेश्यका साथ पोखरी ग्रुप अफ कम्पनी प्रा.ली. स्थापना गरी तिनैजना सञ्चालक भई राष्ट्रिय बाणिज्य बैँक चैनपुरमा संयुक्त खाता खोली कर्मचारी समेत नियुक्त गरी कृषकका घरघरमा गई साउदी अरेबियाको AL-DANA VISION COMPANY बाट ५०प्रतिशत अनुदान पाउने र कृषकले ५०प्रतिशत मात्र लगानी गरी भारत पञ्जाबका उन्नत जातका प्रतिगाई रू १ लाखमा ल्याई गाई पालन गर्न प्रेरित गरी रकम असुल गर्ने, उक्त वडामा मिनरल वाटरको फ्याक्ट्री खोल्ने, दुग्ध चिस्यान केन्द्र बनाउने बहानामा ठगी गरेको कुरा अनुसन्धानबाट खुलेको समेत प्रहरीले बताएको छ ।  फर्म संचालकहरुले स्थानीयलाई बिस्वासमा पार्नका लागि सामान्य रुपमा भैतिक पुर्वाधार समेत स्थापना गरि स्थानीयहरुलाई नाफामुखी कम्पनीको प्रलोभन देखाइ कृषक तथा स्थानीयहरुलाई पोखरी ग्रुप अफ कम्पनी प्रा लि को शेयर बिक्री गरी नक्कली शेयर प्रमाणपत्र समेत बनाई रकम असुल गर्ने गरेको तथा कम्पनी आधिकारीक देखाउन कम्पनी दर्ता नं नक्कली राखी विभिन्न प्रकारका होडिङबोर्ड, लेटरप्याड, छापसमेत बनाई कम्पनी सञ्चालक मध्येका चन्द्र बहादुर आले मगरलाई काठमाडौं गई Poul Concept Program In Nepal नामको संस्थाको तर्फबाट तपाईलाई सम्मान गरिएको भनी काठमाडौंको एक होटलमा लगी सम्मान तथा पोखरी ग्रुप अफ कम्पनीको तर्फबाट मायाको चिनो जस्ता प्रमाण प्रत्र बनाई निजलाई ग्रहण गर्न लगाई सो गतिवधिहरुको फोटो, ब्यानरहरु स्थानीयलाई देखाई विभिन्न शिर्षकमा रकम असुल गरी ठगि गरेको समेत प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । नक्कली कृषि कम्पनीले उन्नत जातको गाई पालन गर्ने प्रयोजनका लागि भन्दै कृषकहरुबाट १० ५ अग्रिम पेश्कि बापत ४ लाख १० हजार ठगी गरेको¸ यसैगरी दुग्ध चिस्यान तथा डेरि सञ्चालन गर्न भनि १४ लाख ४५ हजार ठगी गरेको र कम्पनी शेयर सदस्यता वापत स्थानीय जनताहरुबाट १ लाख ५५ हजार गरी  गरी २० लाख १० हजार ठगी गरेको खुल्न आएको छ । यस घटनामा संलग्न नक्कली सञ्चालकहरुलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । नक्कली फर्म संचालकहरुलाई पक्राउ परेसँगै गाउघरका सोझा किसानहरुलाई ठगी गर्ने व्यक्तीहरु पक्राउ गरी कानुनी दायरामा ल्याउदा स्थानीय पीडितहरु खुसी भएको एक पीडित कृषकले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 174 Viewed

प्रतिक्रिया दिनुहोस्