संखुवासभाको खाँदबारी नगरपालिका–८ स्थायी घरभएका सैनिक पेशामा आवद्ध एक युवाले आफ्नो विवाहमा लाग्ने खर्च कटौती गर्दै सामाजिक क्षेत्रमा सहयोग पुग्ने गरी अक्षय कोषको स्थापना गरेका छन् ।

        आफ्नो विवाहको खर्च कटौती गर्दै पवन बजागाईले बैवाहिक जीवनको शुभारम्भको अवसरमा बरुण बहुमुखी क्याम्पस खाँदबारीमा १ लाख २५ हजार ५ सय २५ रुपौयाँको अक्षयकोष स्थापना गरेका छन् ।  नेपाली सेनामा  कार्यरत बजगाईले आफ्नो विवाहको खर्च कटौती गरेको रकमले अक्षयकोष स्थापना गरेका हुन् । उनले आफ्ना बुवाआमा ‘रोहितप्रसाद, पदमकुमारी र तुलसा बजगाई’को नाममा अक्षयकोष स्थापना गरेका हुन् । दम्पती पवन र समिक्षाले विवाह पछि बुधवार एक कार्यक्रम गरी क्याम्पसका सहायक प्रमुख चित्ररेखा अधिकारीलाई रकम हस्तान्तरण गरेका थिए । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा अध्ययनमा समस्या भएका विद्यार्थीलाई सहयोग पुगोस भन्ने उद्देश्यले अक्षयकोषको स्थापना गरेको बजगाईले बताए । बजगाइले भने– ‘विवाहका लागि छुट्याएको रकम कटौती र टिका लगाएर जम्मा भएको रकमबाट गरिव विद्यार्थीको भविश्य उज्वल वनोस भनेर अक्षय कोषको स्थापना गरेको हुँ ।’ आफु नेपाली सेनामा कार्यरत रहेकाले नेपाली सैनिक  र सर्वसाधारण नागरिकका विच सम्वन्ध विस्तारमा समेत थप सहयोग पुर्र्याउने लक्षले कोष स्थापना गरेको उनि बताउँछन् । अक्षय कोष रकम बुझ्दै क्याम्पस सहायक प्रमुख अधिकारीले बजगाइ दम्पतिले विवाहको अवसरमा शैक्षिक क्षेत्रमा अक्षय कोष स्थापना गरेर सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको बताइन् । बजगाई सोही क्याम्पसका पूर्व विद्यार्थी समेत भएको हुँदा आफ्नो विवाहको अवसरमा आफूले अध्ययन गरेको क्याम्पसमा अक्षयकोष स्थापना गरेको समेत खुलासा गरे । बजगाई विद्यालय स्तरबाटनै जुनियर रेडक्रस मार्फत सामाजिक काम गदै आएका युवा भएको स्मरण गर्दै क्याम्पसमा स्थापना गरेको रकमको सहि सदुपयोग हुने अधिकारीले बताइन् । क्याम्पसले एक कुसल सामाजिक व्यक्तित्व उत्पादन गर्न सकेकोमा गौरव गर्ने ठाउँ बनाएको प्रति समेत यहायक क्याम्‍पस प्रमुख अधिकारीले खुसी व्यक्त गरिन् । यसैगरी जिल्लाको खाँदवारीमा स्थापना हुन लागेको ब्लड बैंक सञ्चालनका लागि हजुरआमा भद्रमायाको नाममा ११ हजार १ सय ११ रुपैयाँ समेत बजगाईले हस्तान्तरण गरेका छन् । बिवाह सुरुवाति कै अवसरमा बजगाइले खाँदवारी ३ स्थित महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्यामा अध्ययनरत सुस्त श्रवण तथा वहिरा श्रोत कक्षाका विद्यार्थीलाई न्यानो कपडा समेत सहयोग गरेर समाजमा उदाहरणीय काम गरेका  छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 71 Viewed

प्रतिक्रिया दिनुहोस्