नेपाल सरकारको निर्धारित कार्यक्रम अनुसार आज संखुवासभाका विभिन्न पालिका भित्रका ७ वटा स्वास्थ्य संस्थाहरुलाई आधारभूत तहको अस्पतालमा स्तरोन्नत गर्दै अस्पतालको रुपमा रुपान्तरण गरिएको छ ।

देश भरका ३ सय ९६ स्थानीय पालिकाहरुमा एकसाथ स्वास्थ्य संस्थाहरुलाई अस्पतालमा रुपान्तरण गरेसँगै संखुवासभाका विभिन्न पालिकाका ७ वटा स्वास्थ्य संस्थाहरु समेत अस्पतालमा रुपान्तरण हुने भएका छन् । जिल्लाका सबै स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण गर्ने योजनस्वरुप सरकारले आजबाट स्वास्थ्य क्षेत्रलाई आधारभूत अस्पतालको रुपमा रुपान्तरण गर्दै जनताको स्वास्थ्य सेवाको पहुँच बढाउने उदेश्यले कार्यक्रमको शुरुवात गरिएको स्थानीय सरकार प्रमुख एवं पाँचखपन नगरपालिकाका नगरप्रमुख विपीनकुमार राईले जानकारी दिनुभयो ।

संखुवासभाको चैनपुर नगरपालिकाको वडा नं ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरलाई १५ शैयाको अस्पतालको सरकारले घोषणा गरेसँगै प्रतिनिधि सभाका संघीय सांसद राजेन्द्रप्रसाद गौतमले एक कार्यक्रमका विच अस्पताल भवनको शिलान्यास गर्नु भएको थियो । कार्यक्रममा स्थानीय पालिकाका प्रतिनिधिहरु¸ राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको कार्यक्रममा प्रतिनिधि सभाका सांसद गौतमले स्वास्थ्य सेवा जनताको आधारभूत आवश्यकता भएको हुँदा यो अस्पतालको स्तरोन्नति भएसँगै आगामी दिनमा  रोगी, असक्त¸  आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई स्वास्थ्यमा पहुँच पुर्र्याएर स्थानीय स्तरमा नै स्वास्थ्य सेवा पुर्र्याउने उदेश्यका साथ सरकारले कार्यक्रम अगाडि बढाएको बताउनु भयो । सांसद गौतमले भवन शिलान्यासको अवसरमा बोल्नुहुँदै जनताका विकास निर्माणका कामहरुमा हातेमालो गरेर अगाडि बढ्न सकेमात्र विकासले गति लिने बताउँदै राजनीतिक दलहरुलाई विकास निर्माणमा हातेमालो गरी अघि बढ्न सुझाउनु भयो । यसै गरी आजै सांसद गौतमले पाँचखपन नगरपालिकाको वाना स्थित स्वास्थ्य संस्थालाई समेत १५ शैयाको अस्पतालमा रुपान्तरण गर्दै एक कार्यक्रमका विच आजै अस्पतालको शिलान्यास गर्नुभयो । कार्यक्रममा पाँचखपन नगरपालिकाका नगरप्रमुख विपीन राई लगायत जनप्रतिनिधि¸ राजनीतिक दलका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । यसै गरी आजैबाट धर्मदेवीको माम्लिङ स्थित याख्या चोकमा रहेको माम्लिङ स्वास्थ्य चौकीलाई समेत ५ शैयाको अस्पतालमा रुपान्तरण गरिएको छ । त्यसैगरी मादी नगरपालिका र सभापोखरी गाउँपालिकामा भने जग्गा व्यवस्थापन हुनासाथ अस्पतालमा रुपान्तरण गरिने जनाइएको छ । मादी नगरपालिकाको मादीमा १५ शैयाको अस्पताल बन्ने भएको छ, यसैगरी सभापोखरीमा समेत ५ शय्याको अस्पताल बन्ने भएको छ ।  भोटखोला, र चिचिला गाउँपालिकामा पनि ५ शैयाको अस्पतालको सिलान्यास गरिएको छ । स्थानीय तहमा ५ देखि १५ शय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास एकैसाथ गरीएको छ । पाँच शय्याको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ स्वास्थ्यकर्मी, १० शय्याको अस्पतालमा दुई मेडिकल अफिसरसहित १७ स्वास्थ्यकर्मी र १५ शय्याको अस्पतालमा तीन मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना अनुसार संखुवासभाका ७ स्थानमा एकैसाथ स्वास्थ्य सेवा संचालनमा ल्याइएको छ ।

देशभर ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि अस्पतालको रुपमा कार्यक्रम अगाडि बढाइएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 201 Viewed

प्रतिक्रिया दिनुहोस्