काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको शव व्यवस्थापनका सन्दर्भमा प्रचलित कार्यविधिमा कुनै परिमार्जन नगरिएको बताएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा भिडियो सन्देश जारी गर्दै मन्त्री ढकालले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले नै गर्दै आएको र त्यसमा कुनै परिमार्जन नभएको बताए ।

‘नेपाल सरकार, मन्त्रिपरिषदको २०७७र२र१२ को निर्णयानुसार कोभिड १९ को कारणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शव व्यवस्थापन सम्बन्धी प्रोटोकल २०७७ बमोजिम स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्ने नीतिमा कुनै परिवर्तन भएको छैन,’ मन्त्री ढकालले भने, ‘जनताको रिति–रिवाज, संस्कार र परम्पराअनुसार शव व्यवस्थापन गर्ने मागलाई सम्बोधन गर्न र भौगोलिक विकटतालाई समेत ध्यान दिई शव व्यवस्थापन थप सहज बनाउन कार्यविधिमा केही व्यवस्था समावेश गरी यो परिवर्तन गरिएको छ ।’

मन्त्री ढकालले तोकिएका बाहेक अन्य व्यक्ति ९सर्वसाधारण० कोरोनाबाट संक्रमित भएमा उपचार गर्दा लाग्ने खर्चको सन्दर्भमा लिइएको निर्णय संविधान र कानूनसम्मत नै भएको जिकिर गरे ।

मन्त्री ढकालले जनताको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय भएको दाबी गरेका छन् ।

सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्नेछ ।

यसको चौतर्फी आलोचना भएपछि स्वास्थ्यमन्त्री ढकालले मंगलबार भिडियो सन्देश जारी गर्दै नागरिकको संवैधानिक हक र अदालतको फैसलाप्रति संवेदनशील रहेको बताए ।

उनले अघि भने, ‘गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि शःशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरु चालिएका हुन् ।’

सरकारको निर्णयले आफ्नै खर्चबाट परीक्षण र उपचार खर्च गर्न सक्ने र चाहने व्यक्तिका लागि सस्शुल्क उपचार प्राप्त गर्ने अवसर दिएको उनले बताए ।

साथै परिवारले उपचार खर्च व्यहोर्न नसक्ने घोषणा गरेमा सरकारले उपचार गर्ने मन्त्री ढकालले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 11 Viewed

प्रतिक्रिया दिनुहोस्