सङ्खुवासभाको मादी नगरपालिका वडा नं. १ को उम्लिङमा एकै परिवारका ६ जनाको रहस्यमय हत्या भएको छ ।

      अज्ञात समूहले रातको समयमा धारीलो हतियार प्रयोग गरी हत्या गरेको सुरक्षा स्रोतले जनाएको छ । हत्या हुनेमा मादी नगरपालिका वडा ंनं. १ उम्लिङ बस्ने वर्ष ८४ की पार्वती कार्की, यसै गरी उनका छोरा वर्ष ५२ का तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती वर्ष ५२ की कमला कार्की, यसै गरी तेजबहादुर कार्कीका बुहारी वर्ष ३२ की रञ्जना कार्की, नाती नातीना वर्ष ८ का विपीन कार्की र वर्ष ५ की गोमा कार्कीको हत्या भएको सङ्खुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।        प्रजिअ पौडेलका अनुसार आज विहान ९ः३० बजे घटनाको जानकारी प्राप्त हुनासाथ घटना स्थलमा सुरक्षाकर्मी परिचालन गरि सकिएको र घटनाको थप अनुसन्धानका लागि प्रहरी परिचालन भइ सकेको सुरक्षा स्रोतले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 19 Viewed

प्रतिक्रिया दिनुहोस्