काठमाण्डौँ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं. १० मा रहेको बोधिसत्व विहारले सङ्खुावसभाका १० वटै स्थानीय तहका स्वास्थ्य सँस्थाहरुलाई कोभिड – १९ लाई लक्षित गरी स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेको छ ।

                आजै जिल्लाका मादी नगरपालिका अन्तर्गत मादी नगरपालिकाको ओखरबोटेमा रहेको स्वास्थ्य सँस्थालाई कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री मादी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रलाई नेपाली कांग्रेस सङ्खुवासभा निर्वाचन क्षेत्र नं. ‘ख’ का सभापति दीपक लिम्बू, पार्टीका नेताहरु शंकरमान कार्की, ज्ञानबहादुर कार्की लगायतका नेताले सो सामग्री उपलब्ध गराएका छन् । यसै गरी धर्मदेवी नगरपालिकाको याख्खा चोकमा रहेको माम्लिङ स्वास्थ्य चौकीका प्रमुख नृपेष श्रेष्ठलाई धर्मदेवी नगरपालिकाका नगर प्रमुख रमेशकुमार जिमीसमेतको उपस्थितिमा नेपाली कांग्रेस सङ्खुवासभा निर्वाचन क्षेत्र नं. ‘ख’ का सभापति दीपक लिम्बू, पार्टीका नेताहरु शंकरमान कार्की, ज्ञानबहादुर कार्की लगायतका नेताले सो सामग्री उपलब्ध गराएका छन् ।

                देशमा कोभिडको लहर दिन प्रतिदिन बढीरहेको बेला स्वास्थ्य सँस्थाहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काको पहलमा स्वास्थ्य सामग्री ल्याइएको धर्मदेवी नगरपालिकाका नगर प्रमुख रमेशकुमार जिमीले बताउनु भयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 26 Viewed

प्रतिक्रिया दिनुहोस्