साउदी अरेबियामा कोरोना भाइरसबाट  प्रभावित भइ अलपत्र परेका नेपाली स्वदेश फर्कनका लागि आतुर अवस्थामा  थिए ।

 बिहीबार सरकारले निर्धारण गरेको हवाई टिकटको मूल्य देखेर अलमल्ल परेका छन् । सबै प्रक्रिया पूरा गरेर लगभग तीन महिना यता स्वदेश फिर्ताको पर्खाइमा रहेका र  अलपत्र परेका नेपाली सरकारको सहयोगको समेत अपेक्षा गरेर बसेका थिए तर त्यो आशा निराशामा परिणत भएको छ । 

तत्कालको लागि साउदीमा  रियाद, दमाम, र जेद्धा शहरक लागि सरकारले नेपाल फर्कन चार्टर उडान  निर्धारण गरेको छ ।

एकतर्फी हवाई टिकटको मूल्य नेपाली ७० हजारदेखि ९३ हजारसम्म तोकेको छ । उडान यहि जुन १५ देखि २४ सम्म सञ्चालन हुनेछ । नेपाल एरलाइन्स र हिमाल एरलाइन्सबाट नेपाली स्वदेश फर्काउने तयरी छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 28 Viewed

प्रतिक्रिया दिनुहोस्