काठमाडौं उपत्यकामा कूल कोरोना संक्रमितको ६० हजार नजिक पुगेको छ ।

सोमबारसम्म कूल संक्रमितको संख्या ५७ हजार ७७२ पुगेकोमा मंगलबार थप १ हजार ७०२ नयाँ थपिएसँगै कोरोना भाइरस संक्रमण हुनेको कूल संख्या ५९ हजार ४७४ पुगेको छ ।

मंगलबार नयाँ संक्रिय संक्रमितको मात्र तथ्यांक आएको हुनाले सोमबारसम्मको तथ्यांक हेर्दा २५५ जनाले ज्यान गुमाइसकेका छन् भने निको हुनेको संख्या ३६ हजार २६ पुगेको छ ।

अहिले उपत्यकामा सक्रिय संक्रमित लगभग २३ हजार रहेका छन् ।

काठमाडौं जिल्लामा ४८ हजार २१४ भक्तपुरमा ४ हजार ६३६ र ललितपुरमा ६ हजार ६२४ गरेर जम्मा ५९ हजार ४७४ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोनामुक्त हुने पनि काठमाडौंमा बढी छन् सोमबारसम्मको तथ्यांक अनुसार काठमाडौंमा २९ हजार १७५, भक्तपुरमा ३ हजार १७५ र ललितपुरमा ३ हजार ६७६ गरी जम्मा ३६ हजार २६ जना कोरोनामुक्त भएका हुन् ।

त्यस्तै काठमाडौंमा १६२ भक्तपुरमा ४३ र ललितपुरमा ५० गरी २५५ जनाले ज्यान गुमाइसकेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 54 Viewed

प्रतिक्रिया दिनुहोस्