संखुवासभा, राष्ट्रिय पशुपञ्छी व्यवस्थापन तथा संरक्षण कार्यक्रम अन्तरगत मकालु गाउँपालिकामा चौरीपालक कृषकहरुले चौरीबाट उत्पादन हुने आवश्यक प्रविधियुक्त सामग्री संघीय सरकारको लगानीमा अनुदान लिन सफल भएका छन् ।

उच्च हिमाली भेगका चौरीपालक कृषकहरुलाई पर्यटन सहितको व्यवसायिक वनाउने उद्धेश्यका साथ राष्ट्रिय पशुपन्छी स्रोत प्रर्वधन तथा व्यवस्थापन कार्यालयको विनियोजित बजेटबाट मकालु गाउँपालिका वडा नं. ४ का २१ जना चौरीपालक कृषकहरुलाई हालै मकालु गाउँपालिकाको नुम बजारमा आयोजित एक कार्यक्रमका वीच चौरीपालक कृषकहरुलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाका कार्यलय प्रमुख हिमाल पोखरेलले वताउनुभयो । चौरी पालक किसानहरुलाई छुर्पी प्रेसर मेसिन ४ थान, चिज मकिङ्ग मेसिन ४ थान, पनिर मेकिङ्ग मेसिन ४ थान, मिलक क्यान मेसिन २१ थान, दुध छान्ने स्क्यानर मेसिन २१ थान, दुध नाप्ने मेसिन २१ थान, रेनकोट २१ थान, चौरी गोठमा उज्यालोका लागि आवश्यक सोलार सेट २१ थान समेत वितरण गरिएको पोखरेलले बताए ।

मकालु गाउपालिका चौरी पालक कृषक समुहका अध्यक्ष पासाङ्ग डाण्डुक भोटेको अध्यक्षतामा भएको सो कार्यक्रममा मकालु गाउँपालिका ४ भोटे गाउँका २१ जना कृषकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ यस किसिमको कार्यक्रम ल्याउन पाउँदा गौरव महशुस गर्नुहुँदै पञ्च वर्षे कार्यक्रम अन्तरगत यो पहिलो वर्षको कार्यक्रम रहेको समेत जिल्ला भेटनरी प्रमुख पोखरेलले वताए । जिल्ला समन्वय समिति सङ्खुवासभाका संयोजक एवं कार्यक्रमका प्रमुख अतिथि सुमन शाक्यले  हिमाली भेगका किसानलाई यस किसिमको सामग्री उपलब्ध गराउनु भएकोमा जिल्ला पशु सेवा विज्ञ केन्द्र संखुवासभालाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोखरेल, उपाध्यक्ष चमेली राई, राजनितिक दलका प्रतिनिधि नेकपा एमालेका मकालु गाउँकमिटिका सचिव भरत कटुवाल, नेपाली काँग्रेसका पार्टी प्रतिनिध विमन पराजुली, जिल्ला भेटनरी कार्यलयका कर्मचारीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजक समितिले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 86 Viewed

प्रतिक्रिया दिनुहोस्