देशभर दोस्रो लहरको कोरोना सङ्क्रमणको दर बढ्दै गइरहेको अवस्थामा सङ्खुवासभा जिल्लामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (DCCMC) को बैठकले जेठ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो । जिल्लामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि आज बसेको DCCMCको बैठकले निषेधाज्ञालाई थप कडाइ गर्दै निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । निशेधाज्ञाको अविधमा अत्यावश्यक सेवाबाहेकका अन्य सार्वजनिक सेवाहरु बन्द रहने प्रजिअ पौडेलले बताउनु भयो । प्रजिअ पौडेलका अनुसार निषेधाज्ञाको समयमा भेला सभा सम्मेलन, होटल हाटबजार, निजि तथा सार्वजनिक यातायात, शैलुन, व्युटिपार्लर, जिमखाना, स्वीमिङ पुल, सवै विद्यालय, ट्युसन सेन्टर र क्याम्पस बन्द हुनेछन् ।

यसै गरी एम्वुलेन्स, विद्युत, दमकल, दुरसञ्चार, शवबाहन, खानेपानी, पेट्रोलियम पदार्थ, ग्यास, ढुवानीका साधनहरु, प्रेश पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन र अनुमती प्राप्त सवारी साधनलाई भने सञ्चालन हुन दिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । निशेधाज्ञाको अवधिमा खाद्यन्न एवम् तरकारी पसलहरु विहान ७ बजेदेखि ९ बजेसम्म र वेलुका ४ बजेदेखि ६ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने कुरा बैठकमा उल्लेख छ । विवाह, व्रतबन्ध जस्ता साँस्कृतिक कार्यहरुको हकमा बढीमा १५ जना नबढ्ने गरि व्यानर राखेर मात्रै सञ्चालन गर्न पाउने समेत निणर्य भएको प्रजिअ पौडेलले बताउनु भयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 105 Viewed

प्रतिक्रिया दिनुहोस्