जिल्लाको उत्तरी क्षेत्रमा रहेको विकट गाउँपालिकाको रुपमा चिनिने सिलिचोङ गाउँपालिका वडा नं. ५ याफूमा कादुरी संस्थाले खानेपानीको योजना दिएसँगै त्यहाँका स्थानीयवासीहरुले खानेपानीको सुविधा पाएका छन् ।

सिलिचोङ ५ को याफूमा रहेको सिम्ले पिसुवा खोला मुहान गरी खानेपानी निर्माण उपभोक्ता समितिले निर्माण सम्पन्न गरी खानेपानी आयोजनालाई शनिबार हस्तान्तरण गरिएको थियो । दातृ संस्था कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन व्रिटिस गोर्खाज पोखरा र स्थानीय उपभोक्ताहरुको ६० लाख ९३ हजार २ सय २२ रुपियाँ ८७ पैसाको कुल लागतमा खानेपानी निर्माण भएको हो । सिलीचोङ गाउँपालिका वडा नम्बर ५ मा रहेको सिम्ले, पिसुवा, बडाहारे र खाम्खु टोलका ६३ स्थानमा खानेपानी धारा पुर्र्याइएको छ । कादुरी संस्थाको ४९ लाख ६८ हजार ७ सय २२ रुपियाँ ८७ पैसा र उपभोक्ताहरुको ११ लाख २४ हजार ५ सय बराबरको जन श्रमदानबाट सो आयोजना सम्पन्न भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ को बैशाख २० गते विस्तृत सर्भेक्षण गरी मंसीर ११ गते बाट काम सुरु भएको थियो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष फौदासिं मेवाहाङ र वडाध्यक्ष ईश्वर कुलुङलाई प्रोजेक्ट मेनेजर देवान राईले सिम्ले पिसुवा खानेपानी आयोजना हस्तान्तरण गर्नु भएको थियो । शनिबार सिम्लेमा आयोजित हस्तान्तरण कार्यक्रममा सिम्ले पिसुवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मेवाहाङका अनुसार खानेपानी आयोजना सम्पन्न गर्दा २ वटा इन्टेक, कलेक्सन च्याम्बर २ वटा, रिजर्भ ट्याङ्की ४ वटा, डिष्ट्रियूसन च्याम्बर १ वटा, मिटर जडित धारा ५९ वटा र ४ हजार ८ सय ८२ मिटर लम्बाईमा पाइप लाईन रहेको सामुदायिक मर्मत सम्भार कार्यकर्ता खेगेन्द्र राईले जानकारी दिए ।
५९ घर उपभोक्ता धारा, बरुण आ.बि.मा २ धारा, कृषि सहाकरीमा १ धारा र सामुदायिक वनको भवनमा १ धारा जम्मा ६३ धारा निर्माण गरि हस्तान्तरण गरिएको हो । अध्यक्ष मेवाहाङका अनुसार गाउँमा व्यवस्थित खानेपानी सुविधा स्थानीयवासीहरुले पाएपछि घण्टौँ पैदल दुरीबाट पानी ल्याउने समस्याबाट मुक्त भएपछि स्थानीयहरु हर्षित भएका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 40 Viewed

प्रतिक्रिया दिनुहोस्