खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले खाँदबारी नगरपालिकाका तुम्लिङटार, मानेभञ्जयाङ तथा खाँदबारी बजारका २८ वटा होटेल रेष्टुरेन्ट तथा होमस्टे सञ्‍चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धि २ दिने कार्यशाला गोष्ठी होटेल व्यावसायी संघ खाँदबारिको सहकार्यमा सम्पन्न गरेको छ ।

जिल्ला सदरमुकाम खाँदवारीमा आयोजित तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख अनुप हलवाईले खाद्य स्वच्छताको दृष्टिकोणबाट होटेल रेष्टुरेन्टको आवश्यक पूर्वाधार विकास विषय, सरसफाई, पानीको व्यावस्थापन, भौतिक पुर्वाधार तथा गुणस्तरको विषयमा प्रकाश पार्नु भएको थियो । त्यस्तै सहजिकरण गर्ने क्रममा कार्यालय प्रमुख हलुवाईले खाद्य स्वच्छताको आधारमा होटेल स्तरिकरण गर्ने निर्देशिका २०७४ अन्तर्गत स्तरिकरण मुल्याङ्कन सुचाङ्कको आधारमा होटेलको खाद्य स्वच्छताको स्तर वर्गिकरण गरिने विषयमा जानकारि गराउनु भएको थियो।

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरिक्षक सुशिल कोईरालाले खाद्य स्वच्छताको सम्बन्धमा नियमन गर्ने ऐन खाद्य ऐन २०२३ खाद्य नियमावली २०२७ का आधारभूत पक्षहरुको जानकारी, होटेल रेष्तुरेन्टका विद्यमान समस्या तथा सुझावहरु, खाद्य मिसावटका कारण, असर तथा परीक्षण गर्ने विधिहरुको बारेमा जानकारी दिँदै होटल व्यवसायीहरुलाई सहजिकरण गर्नु भएको थियो । खाद्य स्वच्छता सम्बन्धी कार्यशालामा घरेलु तथा साना उद्योग कार्यालय सङ्‍खुवासभाका कार्यालय प्रमुख प्रेम चन्द्र राईले व्यावसाय दर्ता प्रक्रिया, होमस्टे दर्ता प्रक्रिया तथा बजार अनुगमन तथा कार्यालयले प्रदान गर्ने सेवा सम्बन्धमा विषयमा जानकारी प्रदान गर्नुभएको थियो । तालिममा संलग्न सहभागिहरुले तालिम निकै प्रभावकारी रहेको बताउँदै आफूहरु यस किसिमको कार्यशालामा पहिलो पटक भाग लिएको, खाद्य स्वच्छता कायम गर्न यो कार्यक्रम बाट आफूहरु सुसुचित भएको सहभागिहरुले बताए । होटेल व्यावसायी संघ खाँदबारीका अध्यक्ष श्री डक्टर प्रसाद पराजुलीले खाँदबारी नगरपालिकाका होटलहरुका विद्यमान समस्याहरु र खाद्य स्वच्छता प्रदान गर्ने विषयमा प्रतिबद्ध रहेको बताउँदै ग्राहकहरुलाई खाद्य स्वच्छता उपलब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । खाद्य स्वच्छता सम्बन्धी २ दिने कार्यशालाको प्रमुख अतिथि खाँदबारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतीवडा रहनु भएको थियो । नगर प्रमुखले नगरापलिकामा सञ्‍चालित कार्याक्रमहरु, व्यावसायी लक्षित विना धितो ऋण कार्यक्रम, अर्गानिक खाद्य उत्पादन क्षेत्र बनाउने, अनुगमन कार्य नियमित गरिने, व्यवसायलाई सहजिकरण गरिने गरी नीति तथा कार्यक्रम नगरपिलकाले अगाडि बढाउँदै आएको जानकारी दिनुभयो । कार्यक्रमलाई समापन गर्दै कार्यालय प्रमुख अनुप हलवाईले निकट भविष्यमा खाद्य स्वच्छताको आधारमा स्तरिकरण गरि होटल रेष्टुरेन्टलाई अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य स्तरमा वर्गिकरण गरी लोगो वितरण कार्यक्रम गरिने समेत जानकारी दिनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले यस जिल्लाका होटल, रेष्टुरेन्ट, खाद्य बजार, उद्योग अनुगमन तथा निरिक्षण गर्ने, खाद्य मिसावट नियन्त्रण गर्ने, सरोकार पक्षहरुलाई खाद्य स्वच्छता तथा खाद्य पोषण सम्बन्धि तालिम प्रदान गर्ने, खाद्य बजारको स्वच्छता कायम गर्ने कार्य गरिरहेको जानकारी गराउनुभएको थियो । कार्याक्रम सञ्‍चालक खाद्य निरिक्षक श्री सुशील कोईरालाले गर्नु भएको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 120 Viewed

प्रतिक्रिया दिनुहोस्