गुणस्तरीय शिक्षा आजको आवश्यकता मूल नाराका साथ सरस्वती मावि चैनपुरले आफ्नो ८४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधवार सम्पन्न गरेको छ । 

विद्यालयको वार्षिकोत्सव समारोहको अवसरमा वर्तमान केपि ओली सरकारले राष्ट्रियताको सवालमा नेपालको सम्पूर्ण राजनीति दलहरुलाई डोर्र्याएर नयाँ नक्सा निर्माण गर्न सफल भएको स्मरण गर्दै  लिपुलेक लिम्पियाधुरालाई समेटेर निर्माण गरिएको चुच्चे नयाँ नक्सा सहितको फोटो फ्रेमका साथ वार्षिकोत्सवको अवसरमा  विद्यालयलाई हस्तान्तरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नलकुमार खत्री, प्रअ गोविन्दमान तामाङलाई नक्सा हस्तान्रण गर्दै राष्ट्रियताको सवालमा बालबालिकाहरु समेत राष्ट्रिय भावना जागृत गरउने उद्देश्यले नयाँ नक्सा हस्तान्तरण गरेको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले हस्तान्तरण गर्नुभयो ।

यसैगरी कार्यक्रममा चैनपुर नगरपालिकाका नगर उप–प्रमुख मुना श्रेष्ठले विद्यालयको वार्षिकोत्सवको अवसरमा विद्यालयले सञ्‍चालन गर्दै आएको १ रुपैँया अभियानमा १० वर्षको एकमुष्ट रकम हस्तान्तरण गर्दै विद्यालयले शैक्षिक सुधारको क्षेत्रमा अघि बढ्न शिक्षकहरुलाई अनुरोध गर्नुभयो । यसै गरी वार्षिकोत्सव समारोहमा संखुवासभा बहुमुखी क्याम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष उमेशकुमार डाँगीले संबोधनको क्रममा शैक्षिक क्षेत्रमा अगुवा संस्थाको रुपमा चिनिने यस विद्यालयले जहानिया राणा शासनको जरजरमा समेत जनताका छोराछोरीलाई शिक्षा दिएको स्मरण गर्दै मुलुक यती खेर अप्ठयारो परिवेशमा रहेको बताउँदै वर्तमान केपी शर्मा ओलीले पौष ५ गते संसद विघटन गरेको घटनालाई लिएर सर्वोच अदालतमा परेको मुद्दामा संसद पुनर्स्थापना भएकोमा खुशी व्यक्त गर्दै नेपालको संविधानमा सुनिशिचत भएका जनताका अधिकारहरु कानुनी रुपबाट प्राप्त भएकोमा सर्वोच्‍च अदालतको निर्णयलाई स्वागत गदै जनताका बालबालिकाहरु पढ्ने शैक्षिक संस्था सरस्वती मावि चैनपुर जिल्लामै अग्र स्थानमा रहेको बताउनु भयो ।  कार्यक्रममा चैनपुर गा.वि.स.अध्यक्ष शंकर कडेलले विद्यालयको वार्षिकोत्वको अवसरमा जिर्ण रहेको विद्यालयको मूल भवनलाई मूल भवन बनाउने दाताहरुसँग समन्वय गरेर सुविधा सम्पन्न भवन बनाउन सकेको खण्डमा विद्यालयको हित हुने धारणा राख्दै सथानीय सरकार चैनपुर नगरपालकाले समेत विद्यालयको शैक्षिक क्षेत्रमा लगानी गर्न हिच्किचावट गर्न नहुने बताउनु भयो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये आधारभूत तहका शिक्षक समा श्रेष्ठ र माध्यमिक तहका शिक्षक लालबहादुर खत्रीलाई पुरस्कृत गरिएको विद्यालयको प्रधानाध्यापक गोविन्दमान तामाङले जानकारी दिनुभयो । वार्षिकोत्सवमा चैनपुर नगरपालिका क्षेत्रभरिका निजी तथा सामुदायीक विद्यालयका छात्र/छात्राहरुले लोक नृत्य प्रतियोगितामा सभागिता जनाएका थिए । सो लोक नृत्यमा प्रथम स्थान शारदा मावि पोखरी¸ सरस्वती मावि मैदाने द्वितीय र शारदा मावि त्रिशुलेले तृतीय स्थान ओगट्न सफल भएका थिए । विद्यालयको वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी सिइओ किरण कुमार श्रेष्ठले आफ्न स्वर्गीय माता पिताको नाममा ६ लाख बराबरको छात्रवृत्ति अक्षय कोष स्थापना गरेको घोषणा गर्नुभएको छ । कार्यक्रममा विद्यालयका गरिव तथा जेहेन्दार छात्र छात्राहरुलाई विभिन्न अक्षयकोष दाताहरुले स्थापना गरेको छात्रवृत्ति कोषबाट छात्रवृत्ति वितरण गरिएको थियो । यसैगरी वार्षिकोत्सवको अवसरमा पूर्व राज्य मन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काले विद्यालयलाई सुविधा सम्पन्न साउण्ड सिस्टम जडान गरिदिने प्रतिवद्धता जनाउनु भएको छ । विद्यालयको वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक गोविन्दमान तामाङले प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सव समारोह विद्यालयका विव्यस अध्यक्ष नलकुमार खत्रीको सभापतित्वमा सम्पन्न भएको विद्यालयका शिक्षक देवेन्द्र राउतले जानकारी दिए  । 

अन्तिम पटक अध्यावधिक गरिएको 46 Viewed

प्रतिक्रिया दिनुहोस्