संखुवासभाको सरस्वती माध्यमिक विद्यालय चैनपुर ६ मा अध्ययनरत छात्र छात्राहरुलाई लक्षित गरी राष्ट्रिय वाणिज्य बैँकका सिइओ किरण श्रेष्ठले आफ्ना स्व. माता पिताको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

सिइओले आफ्ना माता, पिता स्वर्गीय जंगवीर जोशी र बुद्धलक्ष्मी जोशीको नाममा आर्थिक, सामाजिक र विविध कारणबाट पिछडिएका विपन्न, पढाइमा लगनशील र उत्कृष्ट विद्यार्थीहरुलाई प्रत्यक्ष राहत पुर्‍याउने उदेश्यले विद्यालयमा ६ लाख रासीको अक्षयकोष स्थापना गरिदिने भएका छन् । विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषमा यो नै अहिलेसम्मको ठूलो अक्षयकोष भएको विद्यालयका प्रधानाध्यापक गोविन्दमान तामाङले जानकारी दिनुभयो । प्र.अ. तामाङका अनुसार आगामी शैक्षिक सत्र २०७८ देखि विद्यालयमा अध्ययनरत लक्षित वर्गका छात्र, छात्राहरुलाई कोषको व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने समेत प्र.अ. तामाङले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 128 Viewed

प्रतिक्रिया दिनुहोस्