संखुवासभा, चैनपुर नगरपालिका वडा नं. १० स्थित खराङ्ग बजारमा नागरिक आरोग्य सेवा क्लिनिक उद्घाटन भएको छ ।

“मेरो स्वास्थ्य मेरा जिम्मेवारी” भन्ने मुल नाराका साथ हालै चैनपुर नगरपालिका आयुर्वेद शाखाद्वारा क्लिनिक उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं  चैनपुर नगरपालिकाका नगर उप-प्रमुख मुना श्रेष्ठले नागरिक स्वस्थ्य रहे मात्र नगरको विकास गतिविधि अघिबढ्न सक्ने भन्दै आगामी बजेटमा आयुर्वेदिकका माध्यमबाट नागरिकहरुमा स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन नगरपालिकाले बजेटको व्यवस्था गर्न प्राथमिकता दिने वताउनु भयो ।

यसैगरी कार्यक्रममा चैनपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल, पतन्जली योग चैनपुर नगर समितिका अध्यक्ष नरबहादुर अधिकारी, स्थानीय समाज सेवी ललितबहादुर कटुवाल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

सेवा क्लिनिक उद्घाटन कार्यक्रम सँगै सेवाग्राहीहरुलाई परामर्श सहितको चेकजाच, निशुल्क औषधी वितरण समेत गरिएको थियो । कार्यक्रममा सेवा ग्राहीहरुमध्ये चैनपुर नगरपालिका वडा नं. १० खराङ निवासी ९२ वर्षीय दिलबहादुर अधिकारीबाट उपचार शुरु गरिएको क्लिनिकमा विहान १० बजे देखि वेलुकी ५ बजेसम्म ६५ जना पुरुष र ५० जना महिला गरी १ सय १५ जना सेवाग्राहीहरुले उपचार सेवा लिएको समेत कविराज रायले वताए । चैनपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष तेजबहादुर कटुवालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा आयुर्वेद शाखाका प्रमुख कविराज दिनेश प्रसाद रायले सेवा ग्राहीहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतना मूलक सन्देश दिँदै भन्नु भयो, एलोपेथिक औषधी भन्दा आयुर्वेदीक औषधि उपचार ढिलो हुने तर विना साइटइफेक्ट र दिगो रुपमा रोगको निदान हुन सक्ने वताउँदै सबै सेवाग्राहीहरुलाई हार्दिकताका साथ हार्दिकताका साथ स्वागत गरेका थिए । कविराज रायका अनुसार प्रत्येक महिनाको ५ र २२ गते सेवा प्रदान गर्ने गरी चैनपुर नगरको १० नं. वडा कार्यालयमा स्थापना गरिएको समेत कविराज रायले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 96 Viewed

प्रतिक्रिया दिनुहोस्