७१ औँ प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी संखुवासभाले राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज चैनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा रा.प्र.पा. नेपालका केन्द्रीय सदस्य तथा केन्द्रीय सम्पादन समितिका सदस्य वसन्तमान सिंह अधिकारीले नेपालका शाह वंशीय राजाहरुले राष्ट्रियता जोगाउन खेलेको भूमिका आज पनि उत्तिकै सान्दर्भिक रहेको औल्याउँदै जनताको भावना बुझेर इमान्दारीताका जनभावना अनुसार अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता अधिकारीले सम्बोधनको क्रममा भन्नुभयो, वर्तमान केपी शर्मा ओली सरकारले गरेको संसद विघटन असंवैधानिक रहेपनि मुलुकको निकासका लागि ताजा जनादेसमा जानुको विकल्प नरहेको ठहर गर्दै चुनावी माहोल बनाउन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता अधिकारीले प्रजातन्त्र दिवस मनाउन पाल्नुहुने सम्पूणर् जनताहरुलाई राष्ट्रियता र हिन्दु धर्मलाई स्थापित गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अगुवाई गर्ने बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य दिपेन्द्र भण्डारी, नेताहरु भीमबहादुर कँडेल, हस्त तामा लगायतका नेताहरुले बोल्नु भएको कार्यक्रमको अध्यक्षता टीकाराम शाहीले गर्नु भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 7 Viewed

प्रतिक्रिया दिनुहोस्