नेपाल दलित संघ संखुवासभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ’ख’ द्वारा आज आयोजित दलित संघ सम्वद्ध कार्यकर्ता अधिवेशनले टेकबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ क्षेत्रीय कार्य समिति चयन गरेको छ ।

अधिवेशनबाट संघको उपाध्यक्षमा सृजना शंकर¸ सचिवमा युवराज वर्देवा सहित २१ सदस्यीय दलित संघको क्षेत्रीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । चैनपुरको दिलकुमारी सभा हलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं पूर्व राज्यमन्त्री दिपक खड्काले नेपाल दलित संघले गरेको यो गरिमामय कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विश्व मानचित्रमा नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुकको रुपमा विशिष्ट परिचय बोकेको नेपालमा १ सय २५ जातजाति एवं १ सय २३ प्रकारका भाषाभाषी बोल्ने मानिसहरुको बसोबास रहेको स्मरण गर्दै नेपालको जातीय वनावटको एउटा ठूलो हिस्सा दलित समुदाय भएको बताउनु भयो । पूर्व राज्य मन्त्री खड्काले २०६८ सालको राष्ट्रिय जनगणनालाई नै आधार मान्ने हो भने पनि हामीकहाँ उत्पीडित दलित समुदायको जनसंख्या १३.१२ प्रतिशत रहेको खुलासा गर्नुभयो । नेपालमा करिब ३ हजार ५ सय बर्ष अगाडिदेखिको हिन्दु वणर्ाश्रम व्यवस्थाको जगमा टिकिरहेको जातपात र छुवाछूतको शिकार उत्पीडित दलित समुदाय यो वा त्यो नाममा अहिलेसम्म बसिरहनु परेको स्मरण गर्दै नेपाली कांग्रेसको अगुवाईमा विभेद, दमन, शोषण र अपमानपूणर् जीवन व्यथित गर्दै आएका दलितहरुको उत्थानका निमित्त दलित आयोगका माध्यमबाट उनीहरुका हक अधिकार सुनिश्चित गर्न कांग्रेस लागि परेको बताउनु भयो । फरक प्रसंगमा पूर्व राज्य मन्त्री खड्काले वर्तमान सरकारले संविधानको उपहास गर्दै अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थालाई कुल्चँदै बदनियतपूणर् ढंगले सरकार अघि बढिरहेकोमा उक्त कदमको निन्दा गर्दै संविधानको रक्षाका लागि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. गोविन्द पोखरेलले राष्ट्रिय योजना आयोग राष्ट्रिय विकास परिषद् अन्तर्गत रहेको बताउनु भयो । वहाँले देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय भएको बताउँदै केपी ओली सरकार आएयता मुलुकले ठूलो ऋणको व्यवभार खेप्नु परेको आरोप समेत लगाउनु भयो । डा. पोखरेलले आर्थिक विकासको निमित्त स्रोत साधनको व्यवस्था गर्ने तथा विनियोजन गर्ने राष्ट्रिय योजना आयोगले विकास योजना, नीति तथा कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनको लागि केन्द्रीय निकायको रूपमा कार्य गर्ने भएपनि सरकारले विकेन्द्रिकरणको अवधारणालाई विर्सदा मुलुक वर्वादीको दिशा तर्फ अघि बढेको बताउनु भयो । यसैगरी कार्यक्रममा देशका अर्थविद् राजु नेपालले समेत समसामयिक देशको आर्थिक परिवेश र मुलुकमा नेपाली नागरिकले भोग्नु परेको आर्थिक परनिर्भरताको वारेमा विदेशीसँग हार गुहार गर्नुपर्ने बाध्यता नहटेको स्पष्ट पार्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठ¸ पूर्व सांसद टंकप्रसाद राई¸ पूर्व पार्टी सभापति जनक थापा¸ पार्टी उपसभापति रामकुमार जिमी¸ महासमिति सदस्यहरु शंकरमान कंडेल¸ ज्ञानबहादुर कार्की¸ अञ्जना लिंथेप¸ महाधिवेसन प्रतिनिधि विमा पाण्डे¸ दलित संघका जिल्ला अध्यक्ष चक्र विशुङ्खे लगायत नेताहरुले दलित संघको अधिवेशनको सफलताको कामना गर्नु भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 40 Viewed

प्रतिक्रिया दिनुहोस्