कोरोना भाइरसविरुद्धको खोप अभियान संखुवासभाको सदरमुकाम खाँदवारीको जिल्ला अस्पताल खाँदवारीमा आयोजित एक कार्यक्रमका वीच सुरु गरिएको छ ।

संखुवासभा जिल्लाको खाँदवारी अस्पतालका प्रमुख सुन्दरश्याम झाले खोप अभियानको उद्घाटन गरेका थिए । कोरोनाको खोपलाई प्राथमिकताको आधारमा निशुल्क रुपमा देश भरी अभियान नेपाल सरकारले सञ्चालनमा ल्याएसँगै संखुावसभामा समेत सुरक्षा क्षेत्रमा खट्ने जिल्ला स्थित सुरक्षाकर्मी, जिल्ला स्थित स्वास्थ्य कर्मी, सरसफाइकर्मी, शववाहनकर्मी लगायतलाई खोप लगाउने गरी संखुवासभामा २ हजार १ सय ३० जनालाई कोरोनाको पहिलो खोप जिल्ला अस्पतालमा स्वास्थ्य कार्यालयले लगाउने व्यवस्था मिलाएको छ । कोरोना विरुद्धको सुरक्षित खोप लगाउन नागरिकहरुलाई नडराउन आग्रह गर्दै स्वास्थ्य प्रमुख झाले नै पहिलो पटक आपूmबाट नै खोपको शुरुवात गरेर कार्यक्रमको शुभारम्भ गरेको जिल्ला अस्पताल खाँदवारीले जनाएको छ ।

भारत सरकारले निशुल्क अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई समेत दिइने व्यवस्था मिलाइएको छ । संखुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका क्षेत्रभित्रका लक्षित वर्गलाई निशुल्क खोप दिइने व्यवस्था मिलाइएको समेत डा. झाले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 73 Viewed

प्रतिक्रिया दिनुहोस्