जिल्लाको पहिलो नगरपालिकाको रुपमा चिनिने संखुवासभाको खाँदबारी नगरपालिकाको स्थापना दिवस तथा खाँदबारी नगरपालिकाको प्रथम नगर प्रमुख स्व. किरण शाक्यको स्मृतिमा तेस्रो खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगीता “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराकासाथ आजबाट सुरु भएको छ ।

संखुवासभा दश वटै पालिका र भोजपुरका २ पालिका समेतको सहभागितामा पालिका स्तरीय भलिबल प्रतियोगीता आजबाट सुरु भएको खाँदवारी नगरपालिकाले जनाएको छ । संखुवासभाका र भोजपुरको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सहभागीता रहने गरि विगत ३ बर्षदेखि प्रतियोगीता सञ्चालन हुँदै आएको छ । पुरुष भलिवल प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला विकास समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले खाँदवारी नगरपालिकाका प्रथम जन निर्वाचित नगर प्रमुख स्व. किरण शाक्यले खाँदबारी नगरपालिकाको समग्र विकासमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै वहाँले देखाएको बाटोमा नगरपालिका अगाडि बढ्नसके नगरको समृद्धिले फड्को मार्न सक्ने बताउनु भयो । यसैगरी खाँदवारी नगरपालिकाका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने उदेश्यले नगरपालिकाले आफूहरु निर्वाचित भएसँगै भलिवल प्रतियोगिता खाँदवारी नगरपालिकाको प्रथम नगर प्रमुख स्व. किरण शाक्यको सम्झनामा नगरले खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनु भयो । कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष हेमराज घिमिरे, संघीय समाजवादीका प्रतिनिधि सीताराम तिम्सिना लगायत राजनीतिक दलका नेतृत्वहरुले समेत खेलकुद प्रतियोगिताको अवसरमा खाँदवारी नगरपालिकाका प्रथम नगर प्रमुख स्व. किरण शाक्यकको योगदानको चर्चा गर्नुभयो । खेलकुद उद्घाटन कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका कार्यालय प्रमुख एवं प्रतिनिधिहरु, विभिन्न क्षेत्रबाट खेल हेर्न आएका दर्शकहरुका विच खेलकुद प्रतियोगिताको उद्घाटनसँगै पहिलो चरणको खेल खाँदवारी नगरपालिका र भोटखोला विच भएको भलिवल प्रतियोगितामा खाँदवारी नगरपालिकाले जीत हासिल गर्न सफल भएको आयोजकले जनाएको छ । आजबाट सञ्चालन भएको भलिवल प्रतियोगिताको अध्यक्षता खाँदवारी नगर खेलकुद विकास समितिलका अध्यक्ष लेखनाथ बुढाथोकीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको खाँदवारी नगरपालिकाले जनाएको छ । खाँदबारी नगरपालिकाको आयोजना, नगर खेलबुद विकास समितिको व्यवस्थापन र संखुवासभा जिल्ला भलिबल संघको प्राविधिक सहयोगमा खेल सञ्चालन भइ रहेकोछ । नगरपालिकाको प्रथम मेयर स्व. किरण शाक्यको स्मृतिमा तेस्रो खाँदबारी मेयर कप रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगीता खेल आगामी माघ १८ गते समापन गरिने गरी खेलकुद प्रतियोगीता आयोजना भएको आयोजकले जनाएको छ । खेलकुद प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने खेलाडीहरुलाई क्रमशः १ लाख, ७० हजार, ४० हजार र २० हजार नगद, ट्रफि पदक र प्रमाण पत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 76 Viewed

प्रतिक्रिया दिनुहोस्