नेपाली कांग्रेसले संखुवासभाका १० वटै पालिकामा संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध सभा  शनिवार सम्पन्न गरेको छ ।

सदरमुकाम खाँदवारीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री तारामान गुरुङले वर्तमान केपी ओली सरकारले गरेको संसद विघटनको असंवैधानिक कदमको विरोध गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति र कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन् । शनिबार देशभर कार्यक्रम भइरहँदा संखुवासभाको खाँदवारीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पार्टीका युवा नेता महेश थपलियाले प्रधानमन्त्री केपी ओलीले अदालतलाई खुलमखुल्ला दबाब दिइरहेको भन्दै आपत्ति जनाए । ‘अहिले ओलीले यो मेरो राजनीतिक निर्णय हो । संविधानमा अक्षर पढ्न नघोरिनुस्, खारेज गरिदिनुस् भनेर न्यायालयलाई धम्क्याइरहेका छन्,’ थपलियाले प्रश्न गरे, ‘प्रधानमन्त्रीले न्यायालयलाई धम्की दिने ? अनि हामीले संविधान भत्किएको छ, सुधारियोस् भन्दा अदालतलाई धम्की दिएको हुन्छ ?’ 

यसै गरी नेपाली कांग्रेस नगर समिति चैनपुरद्वारा चैनपुरमा आयोजित विरोध सभालाई नेपाली कांग्रेसका युवा नेता एवं पूर्व राज्य मन्त्री दिपक खड्काले संसद विघटनको कदमले सांसदको पद मात्रै सकिएको छैन, नेपालको इतिहासको, संविधानको, लोकतन्त्रको र जनताको अपमान भएको बताउँदै लोकतन्त्र विरोधी मात्रै होइन, राष्ट्रवादको समेत खिलापमा ओली सरकार उत्रिएको बताउनु भयो । खकाले भन्नु भयो, ‘यो कदम सामान्य कुरा होइन, एउटा प्रतिनिधिसभा गयो, अब अर्को आउँछ भनेर चित्त बुझाउने कुरा होइन, यो त सिंगो राष्ट्रको विरुद्धको घटना हो ।’

कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले भन्नुभयो प्रतिनिधिसभा पुनस्र्थापना भए पनि कांग्रेसलाई नै फाइदा हुने बताउँदै हामी अदालतको निर्णयलाई कुरेर बसिरहेका छौ पार्टीले अदालतको फैसलालाई मान्ने बताउँदै चुनावतिर होमिन पनि पार्टी तयार रहेको बताउनु भयो । यसै गरी कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले सत्ताका लागि मात्रै कांग्रेसले राजनीति नगरेको भन्दै लोभलालचमा मात्रै फस्न नहुने भन्दै ‘चुनाव आइहाल्यो भनेर कांग्रेस दौडिएर जाने कुरा होइन, लोकतन्त्रको जिम्मेवारी काँधमा बोकेको पार्टी हो, हामीले पहिले लोकतन्त्र जोगाउँछौँ,’ सभापति श्रेष्ठले थपे, ‘पञ्चायतमा पनि चुनाव भएकै हो । यो संविधान जोगाएर संविधानमा टेकेर मात्रै चुनावमा जानु कांग्रेसको मुल एजेण्जा बन्नु पर्छ । यसै गरी मादीमा आयोजित विरोध सभालाई नेपाली कांग्रेसका जिल्ला सचिव डम्बर बस्नेतले  ओली सरकार कामचलाउ सरकार भएको बताउँदै  ‘यो सरकारले कामचलाउ भइसकेको अवस्थामा सरकारले जथाभावी नियुक्ति र बजेट बाँड्न पाउँदैन, यसले कामचलाउकै हैसियतमा काम गर्नुपर्छ,’ । यसैगरी कार्यक्रमलाई नेता शुसिलराज दाहालले सर्वोच्च अदालतको निर्णयपछि कांग्रेसले सबै ध्यान चुनावमा लगाउने बताए । ‘अहिले संसद् पुनस्र्थापना नभए, चुनाव पनि हुँदैन कि भन्ने शंका छ । वैशाखमा निर्वाचन हुनैपर्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनैपर्छ । यदि वैशाखमा चुनाव भएन भने देशभरि आन्दोलनको आँधीबेहेरी आउँछ,’ उनले भने, ‘त्यसपछि यो सरकार ढल्छ ।’ यसैगरी सिलिचोङ पालिकाद्वार आयोजित विरोध सभालाई नेपाली कांग्रेसका जिल्ला उपसभापति रामकुमार जिमीले ओली सरकारले देशलाई अराजकताको बाटोमा लान खोजेको जिकिर गर्दै निर्वाचन सुनिश्चित नहुने अवस्था आएमा कांग्रेसले आन्दोलनको नेतृत्व गर्ने दावी गरे । यसै गरी नेपाली कांग्रेस पाँचखपन नगर समितिद्वारा आयोजित विरोधसभालाई नेपाली कांग्रेसका नेता मुक्तिसिंह राईले सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले किर्ते काम गरेको बताउँदै प्रधानमन्त्रीले ‘अध्यादेश सिफारिस गर्दा समेत किर्ते गरेको खुलासा गर्नुभयो । यसै गरी सोही कार्यक्रममा अर्का नेता नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति दिपक लिम्बूले सम्बोधन गर्ने क्रममा  प्रतिनिधिसभा विघटन असंवैधानिकभन्दा पहिले अनधिकृत भएको बताउनु भयो । वहाँले भन्नुभयो ‘ओलीले गरेको यो काम असंवैधानिक हो तर त्योभन्दा पहिले त्यो अनधिकृत हो,’ उनले भने, ‘संविधानमा संसद् विघटन गर्ने कुरा कल्पनै गरिएको छैन । यो नजानेर नलेखिएको होइन, जानेर नलेखिएको हो । विगतबाट सिकेर गरिएको हो । संसद्ले सरकार दिन नसक्ने अवस्थामा मात्रै संसद् भंग गर्ने व्यवस्था हाम्रो संविधानमा छ । तर, यहाँ त बहुमत भएको प्रधानमन्त्रीले संसद् भंग गर्नुभएको छ, यो असंवैधानिक मात्रै होइन, अनधिकृत काम हो ।’  यसै गरी मकालुको नुममा आयोजित विरोध सभालाई नेपाली कांग्रेसका युवा नेता एवं महाधिवेसन प्रतिनिधि कुमारबाबु अधिकारीले सरकार विधि र नियमको उल्लंघन गर्दै संविधानको गलत बाटोमा हिडेको बताउनु भयो । नेता अधिकारीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले बडामहारानी बन्न खोजेको आरोप लगाए । ‘म यो देशमा राष्ट्रपति संस्था ल्याउन लागेको सदस्य हुँ । तर, आज मलाई आफ्नो राष्ट्रपतिको भूमिकाले लज्जित बनाउँछ । हामीले नेपालको राष्ट्रपतिलाई हाम्रो अभिभावकभन्दा माथि राखेका छौँ । तर, उहाँको भूमिकाले के देखाउँछ ? उहाँ नेपालको राष्ट्रपति हो कि नेकपाको एउटा गुटको गुटपति ?’ अधिकारीले प्रश्न गरे । 

मकालु पालिकाको नुममा आयोजित विरोधसभामा पार्टी नेता शेरबहादुर वनले प्रधानमन्त्री केपी ओलीलाई अदालततिर फर्केर दबाबको भाषा नबोल्न आग्रह गरे । ‘संसद् विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी भएको बताउँदै यो कदम नसच्चिएसम्म पार्टीले आन्दोलनको बाटोबाट पछि नहट्ने बताउनु भयो । यसैगरी नेपाली कांग्रेसद्वारा भोटखोलामा आयोजित विरोध सभालाई पूर्व सांसद एवं पार्टी नेता टंकप्रसाद राईले सम्बोधनको क्रममा प्रधानमन्त्रीले न्यापालिकालाई धम्क्याएको बताउँदै सर्वोच्च अदालततर्फ फर्केर दबाबको भाषा नबोल्न राईले सुझाए । नेता राईले भने, ‘न्यायाधीश तपाईंको पार्टीको पोलिटब्युरो सदस्य होइनन्, तपाईंको आदेश मान्ने राष्ट्रपतिजस्तो पनि होइनन् । उहाँहरूले संविधान बुझ्नुभएको छ । तपाईंको भाषणको स्क्रिप्ट पढेर होइन । संविधान हेरेर फैसला गर्नुहुन्छ ।’  यसै गरी चिचिलामा नेपाली कांग्रेसद्वारा आयोजित विरोध सभालाई नेपाली कांग्रेसका महिला नेतृ नेपाली कांग्रेस जिल्ला सचिव निरु तामाङ बस्नेतले सम्बोधनको क्रममा भन्नुभयो कम्युनिस्ट सरकार भ्रष्टाचारमा लिप्त भएको बताउँदै ‘नेकपाको सरकार भ्रष्टाचार निर्मूल पार्ने होइन, संस्थागत गर्ने संस्कार भएको पार्टी हो, नभए हेर्नुस् भ्रष्टाचारका कति काण्डहरू घटेका छन् ?’ उनले भनिन्  प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताईन् । उनले थपिन ‘म नै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ?’ महिला नेतृले थपिन ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो, निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन ।’ उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न नमिल्ने बताईन् । यसैगरी नेपाली कांग्रेस धर्मदेवी नगर कमिटीद्वारा मुढेमा आयोजित विरोध सभालाई नेपाली कांग्रेसका नेता पार्टी महासमिति सदस्य ज्ञानबहादुर कार्कीले शनिवार देशभरका ७ सय ५३ वटै स्थानीय तहमा कांग्रेसको विरोधसभा सम्पन्न भई रहँदा नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोधमा उत्रिएको बताउनु भयो । कार्कीले भन्नु भयो संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको हुँदा कांग्रेस बाध्य भएर प्रधानमन्त्री केपी ओलीको अभिव्यक्ति र कार्यशैलीप्रति समेत गम्भीर असहमति राख्दै प्रधानमन्त्री केपी ओलीले अदालतलाई खुलमखुल्ला दबाब दिइरहेको भन्दै आपत्ति समेत जनाए । यसैगरी कार्यक्रमलाई पूर्व राज्यमन्त्री दिपक खड्काले समेत विरोध सभामा सरकारको यो गैरसंवैधानिक कदमको विरोध गर्नुभएको थियो । सोही विरोधसभा कार्यक्रममा नेपाली कांग्रेस पार्टी महाधिवेशन प्रतिनिधि दिपेन्द्रमान शाक्यले ‘अहिले ओलीले यो मेरो राजनीतिक निर्णय हो । संविधानमा अक्षर पढ्न नघोरिनुस्, खारेज गरिदिनुस् भनेर न्यायालयलाई धम्क्याइरहेका छन्,’ युवा नेता शाक्यले प्रश्न गरे, ‘प्रधानमन्त्रीले न्यायालयलाई धम्की दिने ? अनि हामीले संविधान भत्किएको छ, सुधारियोस् भन्दा अदालतलाई धम्की दिएको हुन्छ ?’  नेता शाक्यले अदालतलाई दबाब दिन नहुने भनिरहेकाप्रति कटाक्ष गर्दै ‘आफूअनुकूल फैसला नआउँदा न्यायाधीशलाई महाअभियोग लगाउन तम्सिनेहरू अदालतलाई दबाब दिन हुँदैन भनिरहेका छन् । म त्यस्तो दोहोरो चरित्रको कुरा गर्दिनँ, म त्यस्तो मान्छे होइन । अदालतले सरकारको निर्णय सदर गर्र्यो भने प्रश्न गर्छु– न्याय छ कि छैन ?’ यसैगरी नेपाली कांग्रेस सभापोखरी समितिद्वार आयोजित विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसका नेता पूर्व जिल्ला पार्टी सभापति जनक थापाले ओली सरकारले प्रतिनिधिसभाको विघटन सांसदहरूलाई सडकमा ल्याउन मात्र नगरेको बताउँदै ‘यो विघटनले सांसदको पद मात्रै सकिएको छैन, नेपालको इतिहासको, संविधानको, लोकतन्त्रको र जनताको अपमान गरेको छ । यो लोकतन्त्रविरोधी मात्रै होइन, राष्ट्रवादको समेत खिलापमा छ,’ थापाले भन्नु भयो ‘यो सामान्य कुरा होइन, एउटा प्रतिनिधिसभा गयो, अब अर्को आउँछ भनेर चित्त बुझाउने कुरा होइन, यो त सिंगो राष्ट्रको विरुद्धको घटना हो ।’ यसैगरी सोही कार्यक्रममा तरुण दल संखुवासभाका जिल्ला सभापति टकमान घलेले  ‘संसद् पुनस्र्थापना हुँदा नेपाली कांग्रेसलाई आपत्ति नहुने बताउँदै कांग्रेस अदालतको निर्णयलाई पर्खेर बसेको बताउनु भयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 166 Viewed

प्रतिक्रिया दिनुहोस्