वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरीरहँदा  संखुवासभाको चैनपुर बजारमा समेत आज प्रभात फेरि कार्यक्रमका साथ २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ ।

बुहप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ आयोजना गरिएको भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । वि.सं. १९९० माघ २ गते संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको भूकम्पले हजारौ मानिसको ज्यान लिनुका साथै करोडौ भौतिक संरचनाको क्षति भएको थियो । यसै गरी सयौको संख्यामा पुरातात्विक सम्पदा भत्किए । यसैको सम्झना स्वरुप चैनपुर नगरपालिकाले पनि विगत केही वर्ष यतादेखि भूकम्प सुरक्षा दिवस मनाउँदै आइरहेको छ । नेपालले वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको हो । सुरक्षित घर, सुरक्षित परिवार, सुरक्षित समाज हामी सबैको जिम्मेवारी भन्ने स्थानीय मूल नारा लिएर चैनपुरमा प्रभातफेरि कार्यक्रमको आयोजना गरी भूकम्प प्रतिरोध सम्बन्धी जनचेतनामूलक सन्देश दिँदै चैनपुर नगरपालिका, शसस्त्र प्रहरी बल नेपाल ४ नं हेड क्वाटर चैनपुर र समाज स्पर्श समिति चैनपुरको संयुक्त आयोजनामा भएको प्रभात फेरि कार्यक्रमको शुभारम्भ गर्दै चैनपुर नगरपालिकाका उपप्रमुख एवं चैनपुर नगर विपद् व्यवस्थापन समितिका संयोजक मुना श्रेष्ठले गाउँ, टोल, शहर बजार सबैतिर भूकम्पको जोखिम न्यूनिकरणमा नगरबासीहरुलाई सचेत रहन आग्रह गर्दै भवन निर्माण संहिता पालना गर्दै जोखिममुक्त घरमा नगरका जनताहरुलाई बसोबास गराउन सकेको खण्डमा नागरिकहरु भूकम्पको क्षतिबाट सुरक्षित रहन सक्ने बताउनु भयो । यसैगरी ससस्त्र प्रहरी बल नेपाल ४ नं हेड क्वाटर चैनपुरका प्रहरी नायव उपरिक्षक विशाल सिलवालले यो वर्ष कोरोना महामारीका कारण गत वर्ष जस्तो भव्य कार्यक्रम गर्न नसके पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रभातफेरिका  साथ भूकम्प सुरक्षा दिवस मनाउने कार्यमा सरिक हुन पाउँदा ४ नं गुल्म हेड क्वादटर चैनपुरले जोखिम न्यूनिकरणका लागि सुरक्षाकर्मी हरदम जनताका लाग सदैव तयार रहेको बताउनु भयो । प्रभातफेरि चैनपुर बजार परिक्रमा गर्दै त्रिचोकमा आएर कोण सभालाई समाज स्पर्श समितिका अध्यक्ष लवकुमार श्रेष्ठले भूकम्प सुरक्षा दिवस कार्यक्रममा सहभागि सम्पूर्ण नागरिकहरुलाई धन्यवाद दिँदै कार्यक्रम विसर्जन गरिएको समाज स्पर्श समिति चैनपुरका भलभिषण यम्बाले जानरकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 23 Viewed

प्रतिक्रिया दिनुहोस्