संखुवासभाको चैनपुरमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पौष २७ गते राप्रपा संखुवासभाको चैनपुरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सम्झनामा एक कार्यक्रमको आयोजना गरिएको थियो ।  नेपालको राजधानी काठमाण्डौ नजिक बिहानै चन्द्रागिरी, दहचोक, शिवपुरी, साँगा, महादेव पोखरी (नगरकोट) तथा जंगी अड्डाको छतबाट नेपाली सेनाका युनिटहरुले एकैसाथ रिभ्याली बजाएर पृथ्‍वी जयन्ती मनाइरहँदा संखुवासभाको चैनपुर स्थित रेडक्रस सभा भवनमा समेत राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरुले राष्ट्र नायक पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य बसन्तमान सिंह अधिकारीले आज पनि राष्ट्र नायक स्वर्गीय पृथ्वीनारायण शाहले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतामा पुर्‍याउनु भएको योगदान र सोबाट वर्तमान र भावी पिढिले राष्ट्र र राष्ट्रियताको लागि सिक्नु पर्ने/गर्नु पर्ने कर्तव्य लगायत एकीकरण अभियानका दौरानमा वहाँले खेलेको भूमिका राष्ट्रले कहिल्यै विर्सन नहुने भन्दै वहाँले चालेको एकिकरणको अभियान आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भयो । केन्द्रीय सम्पाद समितिका सदस्य अधिकारीले सम्बोधनको क्रममा भन्नुभयो¸ पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको¸ आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्यो पदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको कारण आज पनि वहाँको योगदानको स्मरण गर्दै देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको वहाँले बताउनुभयो । अधिकारीले वहाँले देखाएको बाटोबाट राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सबै नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा राप्रपा नेपालका जिल्ला उपाध्यक्षहरु गोविन्द घिमिरे¸ भीमबहादुर कँडेल¸ राप्रपा नेपालका नेता टीकाराम शाही लगायतले पृथ्वी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्नु भएको सो  कार्यक्रमको समापनको अवसरमा राप्रपा नेपाल संखुवासभाका अध्यक्ष एवं कार्यक्रमका सभापति महेश प्रेमी उदासले पृथ्वीनारायण शाहको प्रशंसा र विरोधभन्दा पनि उहाँको योगदान र दिव्योपदेशको मनन गर्नु महत्त्वपूर्ण हुनेहुँदा पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै सरकारको तिब्र आलोचना गर्न समेत पछि पर्नु भएन । 

अन्तिम पटक अध्यावधिक गरिएको 76 Viewed

प्रतिक्रिया दिनुहोस्