नेपाली कांग्रेस जिल्ला कार्य समितिद्वारा आयोजित विरोध सभा संखुवासभाको सदरमुकाम खाँदवारीमा सम्पन्न भएको छ ।

विरोध सभामा नेपाली कांग्रेसको पार्टी कार्यालय खाँदवारीबाट निस्किएको विशाल वरोध र्र्यालीले नगरका विभिन्न भाग परिक्रमा गर्दै विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री तारामान गुरुङले वर्तमान सरकारले गरेको संघीय सांसद विघटन गैह्र संवैधानिक र प्रतिगमन तर्फ उन्मुख रहेको जिकिर गर्दै सडकबाट कांग्रेसले बाध्य भएर सरकारको विरोध गरेको र आन्दोलनलाई छेडेको बताउनु भयो । यसै गरी पूर्वराज्य मन्त्री एवं नेपाली कांग्रेसका युवा नेता दीपक खड्काले वर्तमान सरकारले शान्ति¸ शुसासन जनतालाई दिन नसकेर सरकार भ्रष्टचारमा लिप्त भएपछि अन्तत नेकपाको पार्टी भित्रको अन्तरकलहले वर्तमान सरकारले संसद विघटन गरी संविधानको उपहास गरेको बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु महेश थपलिया¸ मुक्तिसिं राई¸ दिपक लिम्बू¸ कुमारबाबु अधिकारी¸ चित्ररेखा अधिकारी  लगायतका नेताहरुले विरोध सभालाई सम्बोधन गरेको कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस पार्टी जिल्ला सभापति दिपनकुमार श्रेष्ठले गर्नु भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष निरु बस्नेतले जानकारी दिनुभयो ।      

अन्तिम पटक अध्यावधिक गरिएको 51 Viewed

प्रतिक्रिया दिनुहोस्