खाँदवारी नगरपालिका वडा नं. ४ को गैरीपाङमामा अल्पसंख्यकको रुपमा चिनिने लोहरुङ जातिले आफ्नो मातृ भाषा पाठ्यक्रम तयार गर्न अभिलेखिकरण सम्बन्धी एक दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

पाङ्मामा गत शनिवार आयोजित गोष्ठिमा लोप उन्मुख जातिहरुमा रहेको लोहरुङ जातिको भाषा संरक्षणको लागि नेपाल सरकार भाषा आयोगले लोहरुङ भाषा अभिलेखीकरण सम्बन्धी कार्यक्रमको आयोजना गरेको थियो । नेपाल सरकारले देशभर वोलीने १ सय २३ भाषाहरु मध्ये लोपउन्मुख जातिमा रहेको लोहरुङ भाषाको संरक्षण र सम्बर्धनका लागि स्थलगत रुपमा संखुवसभा आइपुगेको भाषा आयोगका उपसचिव गेहनाथ गौतम सहितको टोलीले सो भाषाको अभिलेखीकरणका लागि सहजिकरण गरेका थिए । भाषा आयोगका उपसचिव हेगनाथ गौतमले लोहरुङ जातिको वणर् विन्यास लगायतको काम अघिल्लो वर्ष नै सकिएपनि पाठ्यक्रम तयार गर्न स्थलगत अध्ययनको लागि आफूहरु पाङमा आइपुगेको वताए । भाषाविज्ञहरुको सहयोगमा भाषाको स्थलगत अध्ययनका लागि लोहरुङ जातिको समुदायमा पुगेर उनीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक संस्कार लगायतका क्रियाकलापको अध्ययन अनुसन्धान तथा अवलोकन गरि पाठ्यक्रममा समावेश गरी लोहरुङ भाषाको पाठ्यक्रम तयार गरिने गरी कार्यक्रम संयोजन गरिएको लोहरुङ जातिका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर लोहरुङले जानकारी दिए । अध्यक्ष लोहरुङका अनुसार केही दिनको स्थलगत अध्ययन पछि लोहरुङ समुदायको मातृभाषाको संरक्षण र सम्वर्दन गर्न टोली स्थलगत रुपमै संखुवासभा आइपुगेको समेत उनले बताए । लोहरुङ भाषाको अभिलेखीकरण र पाठ्यक्रम निर्माणले प्रभावित क्षेत्रका बालबालिकाहरुलाई भाषा सम्बन्धि अध्ययनमा थप सहजता हुने जिल्ला शिक्षा तथा समन्वय ईकाइ संखुवासभाका ईकाइ प्रमुख केशव भट्टराईले वताए ।

गोष्ठी कार्यक्रमलाई खाँदवारी नगरपालिका नगर प्रमुख मुरारीप्रसाद खतिवडाले लोपउन्मुख जातिको भाषा संरक्षणको लागि लोहरुङ भाषाको पाठ्यक्रम तयार पार्न स्थानीयतहको समेत सक्दो सहयोग रहने वताउनुभयो । कार्यक्रममा भाषाविज्ञ डा. कैलाशकुमार राई, अनुसन्धानदाता मिना राई, बरुण बहुमखी क्याम्पस खाँदवारीका क्याम्पस प्रमुख टिकाराम गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

लोहरुङ जातिको उद्गम स्थल संखुवासभाको खाँदवारी ४ को पाङमा नै हो । यो जातिको तथ्याङ्क संकलन नेपाल सरकारले २०६८ सालको राष्ट्रिय जनगणना अनुसार लोहोरुङ जातिहरु देशभर ३ हजार ५ सयको संख्यामा रहेको तथ्याङकले देखाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 104 Viewed

प्रतिक्रिया दिनुहोस्