संखुवासभा जिल्लाका सामुदायिक विद्यालयमा बाल शिक्षा देखि कक्षा ५ सम्मका आधारभूत तहका छात्र/छात्राहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकारले आधारभूत तहका तल्ला कक्षाहरुमा अध्ययनरत कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजा कार्यक्रमका माध्यमबाट सामुदायिक विद्यालयमा अध्ययनका लागि बालबालिकाहरुलाई थप आकर्षण गरेको छ । जिल्लाका १० स्थानीय पालिका भित्र रहेका सबै बाल कक्षा देखि कक्षा ५ सम्मका छात्र/छात्राहरुलाई दिवा खाजा कार्यक्रमले समेट्न शुरु गरिएको स्थानीय पालिकाका शिक्षा शाखाले जनाएका छन् । दिवा खाजा सञ्चालनकै क्रममा पोषण युक्त अर्गानिक खाजा बालबालिकाहरुलाई व्यवस्था गर्नका लागि विद्यालयहरुलाई अभिभावक भेलाका माध्यमबाट दिवा खाजाको व्यवस्थापनमा जुट्न विद्यालयहरुलाई निर्देशन गरिएको चैनपुर नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख कमल गौतमले जानकारी दिए । शिक्षा शाखा प्रमुख गौतमका अनुसार विद्यालयको तथ्याङ्कका आधारमा विद्यालय खुलेका दिन प्रति विद्यार्थी रु.१५ का दरले नेपाल सरकारबाट निकासा हुने दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । अधिकृत गौतमका अनुसार खाजामा कुनै पनि Junk Food (तयारी तथा प्याकिङ गरिएका) खुवाउन नपाइने समेत जानरकारी दिँदै स्थानीय स्तरमा उत्पादित गुणस्तरीय खाजा खुवाउनु पर्नेछ र दिवा खाजा कार्यक्रम २०७७ पौष १ गतेदेखि चैनपुर नगरपालिका क्षेत्रका सबै विद्यालयका बाल कक्षा देखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई दिवा खाजा सञ्चालनका लागि बजेट निकाशाको व्यवस्था मिलाइएको समेत जानकारी दिनुभयो । दिवा खाजा सञ्चालनमा आएपछि असहाय, गरिव बालबालिकाहरुलाई अध्ययनका लागि थप उर्जा मिलेको सरस्वती माध्यमिक विद्यालय चैनपुरका प्रधानाध्यापक गोविन्दमान तामाङले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 57 Viewed

प्रतिक्रिया दिनुहोस्