सङ्खुवासभाको खाँदबारी नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्वता व्यक्ति, समाज र सवैको ऐक्यवद्वता भन्ने नाराका साथ लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान बुधवारबाट सुरु गरेको छ ।

देशमा पछिल्लो समय महिला हिंसाका घटनाहरु बढेकाले समाजमा जागरण ल्याउने उद्वेश्यले बुधवारदेखि १६ दिनसम्म देशैभर विशेष अभियानका साथ सचेतनामूलक कार्यक्रम संचालन  सञ्चालन भईरहँदा खाँदबारी नगरपालिकाले पनि यो अभियान शुरु गरेको हो । प्रत्येक वर्ष नोभेम्बर महिनाको २५ तारिद देखि डिसेम्बरको १० तारिखसम्म यो अभियान सञ्चालन गर्ने गरिएको छ । त्यसै अनुसार जिल्ला सदरमुकाम खाँदबारी स्थित पोखरी बजारमा जिल्ला सम्वन्वय समितिका प्रमुख सुमन शाक्यले मैनबत्ती प्रज्वलन गर्दै ब्यानर वाचन गरेर यस अभियानको शुभारम्भ गर्नुभयो ।

    खाँदबारी नगरपालिकाले तय गरेको सो महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख शाक्यले समाजमा महिला हिंसामा सम्लग्न कोहि पनि व्यक्तिहरु कारवाहीबाट नछुटोस र महिला हिंसा विरुद्ध सवैको एैक्यबद्वता होस¸ कोहि कसैपनि हिंसामा नपरुन भन्दै समाज रुपान्तरणका लागि महिला हिंसा विरुद्ध एकजुट भएर जुट्न सवैलाई आग्रह गर्नुभयो । समन्वय प्रमुख शाक्यले थप्नुभयो¸ लिङ्गका आधारमा कोहि पनि हिंसामा नपरोस भन्ने उदेश्यले यो अभियान देशभर सञ्चानल भईरहेको बेला जिल्लामा पनि बाल विबाह, बलात्कार, महिला हिंसा, जर्वजस्ती करणी, लगायतका घटनाहरु संवैधानिक व्यवस्था अनुसार ध्यानपूर्वक न्युनिकरण गर्न सरोकारवाला संघ संस्था, पार्टी, बुद्धिजीवि, नागरिक समाज, शिक्षक लगायत सरोकारपक्षहरुलाई जोड दिन समेत वहाँले आग्रह गर्नुभयो ।

    शिक्षाको अभाव, चेतनाका अभावका कारण हिंसामा परेका व्यक्तिहरुलाई स्थानिय सरकारको रुपमा चिनिने पालिकाहरुलाई विशेष ध्यान दिन समेत समन्वय प्रमुख शाक्यले अनुरोध गर्नुभयो । कोरोना भाईरसका कारणले जिल्ला तहमा हुने यो कार्यक्रम आज पोखरी बजारमानै सिमित रहेको समेत उहाँले बताउनुभयो । हिंसामा परेका महिलाहरुलाई उद्वार गर्ने र औषधि उपचार गर्ने सन्दर्भमा जिल्ला अस्पतालले पनि विशेष कार्यक्रम लिएको कुरा समेत उहाँले जानकारी गराउनुभयो । उहाँले कानुनले वञ्चित गरेका कुराहरुलाई अगाडि नबढाउने कुरालाई ध्यान दिन र हिंसामा परेका महिलाहरुलाई नजिकैको प्रहरी, महिला आयोग, मावव अधिकारको संस्थाहरुमा उजुरी दिएर न्याय प्राप्तिको लागि सहयोग गर्न समेत आग्रह गनुभयो ।

     यस्तै खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठले लैङ्गिक हिंसा शुन्यताका लागि र यसको अन्त्यको लागि एक हुनुपर्ने बताउनुभयो । हिंसा कसैले गर्नुहदैन हिंसा सहिँदैन भनेर महिला हिंसा विरुद्वको १६ दिने अभियान सुरु भएको हो¸ त्यसैले दैनिक रुपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिनुभयो । बुधवारदेखि शुरु भएको यो लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान कार्यक्रम मङ्सिर २५ गते अपरान्ह ४ बजे नगरपालिकाको प्राङ्गणमा भेला भई समापन हुने गरी कार्यक्रम संयोजन गरिएको समेत श्रेष्ठले बताउनुभयो । यता चैनपुर नगरपालिकामा समेत नगर महिला सञ्जाल चैनपुरको अगुवाइमा महिला हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालनको लागि चैनपुर नगरपालिकाका बजार क्षेत्रमा सचेतनामूलक व्यानर टाँगेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 61 Viewed

प्रतिक्रिया दिनुहोस्