संखुवासभाको मादी नगरपालिका १ र ५ मा मंगलवार र बुधवार नेपाली कांग्रेसद्वारा आयोजित छुट्टा छुट्टै कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्म झण्डै दुई तिहाई बहुमतको हाराहारीमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नेको जनलहर उर्लदो रुपमा देखिएको छ । संखुवासभाको मादी नगरपालिका–१ मा १७० भन्दा बढी युवा मंगलबार नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । यसैगरी मादीको ओखरबोटेमा बुधवार २ सयको हाराहारीमा नेकपा परित्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका युवा युवतीहरुलाई संखुवासभा काँग्रेसका युवा नेता एवम् पूर्व राज्यमन्त्री दिपक खड्का एवं नेपाली कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले नव प्रवेशी युवायुवतीहरुलाई फूल¸माला¸अविर र खादा ओढाएर पार्टी प्रवेश गराएसँगै मादी कांग्रेस कार्यकर्ताजनमा खुशीयाली छाएको छ । कोरोनाको महामारीका बीच जनताको भावना बुझ्दै गाउँगाउँ पुगेका पूर्व राज्यमन्त्री खड्काले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेको¸ मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको¸ भ्रष्टचारले मुलुक चुर्लुम्म डुबेको कारण वर्तमान सरकारप्रति जनतामा निराश छाएर जनताले विकल्प रोज्दै
मुलुकभर कांग्रेस प्रवेश भएको बताउनुभयो । राज्यमन्त्री खड्काले थप्नु भयो“वर्तमान सरकार सत्ता टिकाउन र भ्रष्टचार गर्न व्यस्त छ, यसको भण्डाफोरका निम्ति युवाहरु एकजुट हुनु जरुरी रहेको बताउँदै नव प्रवेशी युवाहरुलाई आफ्नो ठाउँ र गाउँको विकासका लागि अहोरात्र खट्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाका जिल्ला सभापति दिपनकुमार श्रेष्ठ¸ नेपाली कांग्रेसका नेता चन्द्र घुण्डे गुरुङ¸ जिल्ला उपसभापति रामकुमार जिमी¸ जिल्ला पार्टी सचिव डम्बर बस्नेत¸ महासमिति सदस्य ज्ञानबहादुर कार्की¸ संखुवासभा क्षेत्र नं. २ ‘ख’ का नेपाली कांग्रेस पार्टी सभापति दिपक लिम्बू लगायत जिल्ला स्तरीय नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएको नेपाली कांग्रेस मादी नगरकमिटीका कार्यवाहक सभापति यादवचन्द्र खड्काले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 68 Viewed

प्रतिक्रिया दिनुहोस्