एक साता अघि संखुवासभाको उत्तरी क्षेत्रको चीनको सिमावर्ती नाका किमाथांकामा सीमा सुरक्षा बल (विओपी), उत्तर दक्षिण कोशी राजमार्ग र अरुण तेस्रो आयोजनाको निरीक्षणको क्रकमा एक साता अघि संखुुवासभा आइपुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पूर्वी क्षेत्रमा रहेको नेपाल र चीनको नाकाको रुपमा चिनिने किमाथांका नाका पुन सुचारु गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भोटखोलावासीलाई खाद्यान्न र सो क्षेत्रमा भौतिक निर्माणका लागि चाहिने निर्माणका सामग्री आवत जावत गर्न दिन चीन सरकारसँग आग्रह गर्नुभएको हो ।

विश्वमा फैलिएको कोभिड १९ का कारण किमाथांका नाका लामो समयदेखि बन्द हुँदा भोटखोलावासीलाई खाद्यान्न लगायत निर्माण सामग्री आवागमनमा असहजता भएसँगै प्रधानमन्त्री ओलीले नाका सुचारु गर्न आग्रह गर्नु भएको हो । प्रधानमन्त्री ओलीले उत्तर दक्षिण कोशी राजमार्ग (जोगमनी- किमाथांका राजमार्ग) निर्माणाधिन अवस्थामा रहेको स्मरण गर्दै यो सडकले जागमनीदेखि किमाथांका जोडिएपछि नेपालको किमाथांका लगायत प्रदेश नं. १ का मुख्य बजारहरु त्रिदेशीय मुख्य व्यापारिक बजार समेत बन्ने वहाँले बताउनु भयो ।  प्रधानमन्त्री ओली लामो समय देश लकडाउन भएसँगै यसलाई चिर्दै उपत्यका बाहिरको जिल्ला संखुुवासभाको किमाथांका आइपुगेर मित्रराष्ट्र चीन सरकारलाई यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले किमाथांका नाका छेउमा बग्ने कामु नदी (सिमा नदी)मा मोटरेबल पुल निर्माण गरी चीन र नेपाल विचको पारस्परिक एव्र व्यापरिक सम्बन्धलाई थप प्रगाढ बनाउन सकिने हुँदा आफूसँगै भ्रमण दलमा सम्लग्न प्रदेश नं.१ का मुख्य मन्त्री शेरधन राई, आवास तथा भौतिक योजना मन्त्री बसन्तकुमार नेम्वाङलाई सो कार्यक्रम अगाडि बढाउन निर्देशन समेत गर्नुभएको थियो । भोटखोला गाउँपालिकाको आयोजनामा किमाथांका बजारमा भएको यो कार्यक्रम नेपाल सरकारका प्रधानमन्त्री सहितको उपस्थितिमा भएको सम्भवत यो पहिलो कार्यक्रम भएको प्रतिनिधि सभाका सांसद राजेन्द्रप्रसाद गौतमले बताउनु भयो । यसैगरी प्रधानमन्त्री ओलीले अरुण नदीले कटान गर्ने नदी किनार क्षेत्रमा १ सय ५० मिटर लामो बाँध बाँधेर नदी क्षेत्रका किनारमा बस्ने जनताहरुको जिउधनको सुरक्षा गर्न समेत नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले किमाथांका नाकामा एकिकृत भन्सार कार्यालय स्थापनाका लागि समेत तत्काल लागि पर्ने बताउनु भयो । यसैगरी प्रधानमन्त्री ओलीले भोटखोला क्षेत्रको दुर्गम गाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय किमाथांका १ मा अध्ययनरत छात्र छात्राहरुको शैक्षिक उन्नयनका लागि प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत रकम खर्चेर ५ लाखको अक्षय कोष समेत स्थापना गरिदिनु भएको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको यो भ्रमण भोटखोलावासी एवं संखुवासभावासीहरुका लागि उपलब्धिमूलक भ्रमण भएको प्रतिनिधि सभाका सांसद गौतमले बताउनु भयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 34 Viewed

प्रतिक्रिया दिनुहोस्