संखुवासभा जिल्लाको पाँचखपन नगरपालिका–४ को फापुङ भन्ने ठाउँमा फेला परेको एक सिलिन्डर बम नेपाली सेनाको टोलीले आज दिउँसो निष्क्रिय पारेको छ ।

बिहीबार दिउँसो फेला परेको सिलिन्डर बम नेपाली सेनाले निष्क्रिय पारेको हो ।  पाँचखपन नगरपालिका–४ फापुङदेखि वाना हुँदै खाँदबारी निस्कने कच्ची सडक नजिक झाडीमा राखिएको बम खाँदबारीस्थित नेपाली सेनाको बराह दल गुल्मले निष्क्रिय पारेको हो । पाँचखपन नगरपालिकाको सो क्षेत्रमा ओहोरदोहोर गर्ने सर्वसाधारणले शंकास्पद बस्तु देखिए पछि सुरक्षाकर्मीलाई खबर गरेसँगै सो सिलिन्डर बमलाई निस्कृय बनाउन सफल भएको सुरक्षा स्रोतले जनाएको छ । अज्ञात समूहले सडकमा बेवारिसे अवस्थामा छोडेको सो सिलिन्डर बम सेनाले आज निष्क्रिय पारेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आयार्यले बताउनुभयो । बम राखेको विषयलाई लिएर सो क्षेत्रमा थप सुरक्षा बल बढाउनुको साथै घटनावारे थप अनुसन्धान भइरहेको समेत प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 41 Viewed

प्रतिक्रिया दिनुहोस्