नजिकिँदो तिहारसंगै संखुवासभामा फूल खरिदबिक्रीको कारोबारमा उल्लेख्य बृद्धि भएको छ । केहि बर्ष अघि सम्म फूलको अभाव हुँदा बजारमा बिक्रीका लागि राखिने गरिएका ईण्डियन फूल र तराईका केहि जिल्लाबाट आएका फूलमा परनिर्भर रहेका संखुवासभाका खाँदबारी चैनपुर, तुम्लिङ्टार, खराङ् बजार, मानेभञ्ज्यांङ्ग लगायतका बासिन्दा यसपालिभने आफ्नै जिल्लामा उत्पादन गरिएका फूलले तिहार मनाउने सोचाईंमा छन् । जिल्लामा अघिल्ला बर्षहरुमा फूलको अभाव झेलेका स्थानीयले स्थानीय रुपमै उत्पादन गरिएका फूलहरुमा बढि चासो राख्न थालेको खाँदबारी ८ कि फूलब्यवसायी शान्ति बिक बताउँछिन् । अघिल्ला बर्ष बाहिरबाट आएका फूल बिभिन्न बिषादी राखिएका कारण भाईटिकाको केहि दिन अघि नै कुहिएको, सुकेर गएको भन्दै स्थानीयबाट गुनासो आएकाले आफूले यसपालि आफ्नै जिल्लामा उत्पादन गरिएको फूलमात्र बिक्रीका लागि राख्ने गरेको फूल ब्यवसायी बिकको भनाई छ ।

अहिले आफूले फूलखेतिमा लागेका कृषकहरुबाट फूल खरिद गरि बिक्री गर्दैआएको उनको भनाई छ । धेरै फूल कृषकले आफ्नो उत्पादन खरिद गरिदिन आग्रह गरेका छन् । अव फूलको ब्यवसायीक कारोबार शुरु भएको छ । अहिले आफूले दैनीक ६ हजार सम्म फूल बिक्री गर्दै आएको उनले बताईन् । तिहारका लागि धेरैले फूल राखिदिन माग बढी आएको हुँदा आफूहरु सोही अनुसार पूmल विक्रीको व्यवस्थापनमा लागेको समेत बताइन । अहिले खाँदबारी नगरपालिका ११ हेलुवाका सबिता राईले खाँदबारी १ को बजार नजिकै जग्गा भाडामा लिएर समेत फूलउत्पादन गरेकी छन् । उनले फूलको ब्यावसायीक खेती सुरु गरेको २ बर्ष वितिसक्यो तर यसपालि जस्तो बजारमुल्य कहिल्यै पाएकी थिईनन् । गत बर्ष २ रोपानी जग्गा भाँडामा लिएर मखमली र सयपत्री फूलको खेती लगाएकि उनले यसबर्ष ४ रोपनी क्षेत्रफलमा फुलखेति लगाएकी छिन् । आम्दानी राम्रै छ । दैनीक ९ हजार बढिको फूल बिक्री हुँदै आएको छ । अव त तिहारले छ्याप्पै छोप्यो । यो वेला पूmलको माग बढ्ने उनले आसा राखेकी छिन् । धेरै ग्राहकबाट तैयारी मालाको अर्डर आउँछ तर आफूसँग आवश्यक शिप र तालिम नहुँदा तैयारी माला भने आफूले दिन नसकेको उनको भनाई छ । अर्को बर्ष केहि शिप शिकेर तैयारी सामग्री समेत उपलब्ध गराउने सोच रहेको उनले बताईन् ।

फूलखेति संगै तरकारी खेतिमा समेत हात हालेकी उनले फूल खेति गर्दा नबिक्ने र चाहिएको समयमा ठ्याक्कै उत्पादन लिन नसकिनेहोकि भन्ने जोखिम रहेको उनले बताईन् । सिजन र पात्रो हेरेर फूल उत्पादन गर्दैआएको छु । तिहारको समयमा फूल नफुल्ने होभने सारा लगानी डुब्ने जोखिम भएकाले आफुले फूलखेतिमा थप लगानी गर्न नसकेको उनले बताईन् । सिजनमा उत्पादन गरेकाले यसपालि राम्म्रो आम्दानी हात लागेको छ । गत बर्ष फूल बेचेर ८० हजार आम्दानी भएको थियो । यसबर्ष करिव करिव ९० हजार आम्दानी भैसकेको छ । अव बेच्न बाँकी फूल पनि तिहारमा जाने आशाम छु । अहिले केहि ग्राहकले बगैंचामै आएर पनि फूल लगिरहेका छन् । केहिले तिहारको समयमा आउने भनेका छन् । केहिले तिहारमा घरैमा ल्याईदिनु भनेका छन् । करिव करिव यसपालिको फूलबिक्री सन्तोषजनक रहेको उनले बताईन् ।

गत बर्षको तुलनामा यो बर्ष फूलको खेती बढाएपनि ग्राहकलाई पुर्‍याउन नसकिएलाकी भन्ने चिन्ता रहेको फूल कृषक सविता राईको भनाई छ । यस बर्ष कोरोना भाईरस संत्रासका कारण ठुलो बजार नलाग्ने भएकोले टाढाका ग्राहकले बगैँचामा नै आएर फूल लान शुरु गरेका छन् भने नकिकैका अधिकांश ग्राहकको घरघरमै पुर्‍र्याउने व्यवस्था मिलाइएको समेत उनले बताईन् ।

राईले गत बर्ष फूलको डाँठ सहितको मुठा बनाएर सय रुपैयाँको दरले खाँदबारी बजारमा विक्री गरेकी थिइन । लगभग एक बोटले २ मुठा बनाएको मखमली फूलबाट गत बर्ष ८० हजार रुपैयाँ भन्दा बढी आम्दानी लिएको सविता राईका श्रीमान भोला राईले जानकारी दिए । फूलखेति गर्न सके र समय र सिजनले साथ दिए राम्रो आम्दानी लिन सकिने उनको भनाई छ । ‘पोहोर साल पहिलो पटक बिरुवा लगाउँदा विक्री हुँदैनकी भन्ने डर थियो तर राम्रो दाम लिन सफल भएकाले यो बर्ष बढाएका हौं’, राईले भने । यस बर्ष पनि फूलको माग राम्रो भएकोले अर्को बर्ष अझ ब्यवस्थित तरिकाले फूल खेती लगाउने उनको सोचाइ रहेको समेत बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 42 Viewed

प्रतिक्रिया दिनुहोस्