संखुवासभाको खाँदबारी ९ मा रहेको अरुण भ्याल्लि बोर्डिङ्ग स्कुलको पुरानो भवनलाई आईसोलेशन वार्ड बनाईएको छ । जिल्लामा पछिल्लो समय कोरोना भाईरस संक्रमितको संख्यामा उल्लेख्य बृद्धि भएपनि संक्रमितलाई राख्न प्रयोग गरिने आईसोलेशन वार्ड नहुँदा समस्या भैरहेको थियो । केहि समय देखि खाँदबारी नगरपालिकामा संक्रमण देखिएका बिरामीलाई सदरमुकाम खाँदबारी देखि १ दिनको पैदल दुरीमा रहेको चैनपुर स्थित आईसोलेशमा पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

जिल्लाका संक्रमितलाई यस अघि खाँदबारी ७स्थित हिमालय किरण क्याम्पसको भवनमा निर्माण गरिएको आईसोलेशमा राख्ने गरिएको भएपनि उक्त क्याम्पस सँगको सम्झौता अवधि सकिएकाले बिकल्पका रुपमा तुम्लिंङ्टारमा ४५ बेडको आईसोलेशन वार्ड तैयार गरिएको खाँदबारी नगरपालिकाका स्वास्थ्य संयोजक दिलिप श्रेष्ठले जानकारी दिए । उनले  आईसोलेशन कक्ष, भान्साघर, शौचालय, पानी लगायत सम्पुणर् चिकित्सकीय र अन्य पूर्वाधारको ब्यवस्था मिलाईएको जानकारी दिए । आईसोलेशन वार्डमा ५ ईमर्जेन्सि बेड, १० वटा अक्सिजन थेरापी बेड, ३० वटा जेनेरल बेड समेत तैयार भैसकेको जनाए । जिल्लामा नयाँ संक्रमित देखिएको खण्डमा अव उक्त स्थानमै ब्यवस्थापन गर्ने गरि सम्पुणर् तैयारी सम्पन्न गरिएको खाँदबारी अस्पतालका प्रशासनप्रमुख दिपेश श्रेष्ठले जानकार िदिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 8 Viewed

प्रतिक्रिया दिनुहोस्