संखुवासभाको चिचिला गाउँपालीकामा आयोजना गरिएको स्वास्थ्य शिवीरमा ४ सय बढि लाभान्वीत भएका छन् ।

कार्तिक २३ देखि शुरु भएको ३ दिने शिवीर समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका प्रमुख पाशाङ्गनुर्वु शेर्पाले ४ सय १६ जनाले निशुल्क सेवा पाएको जानकारी दिए । उनले चिचिला गाउँपालिका भित्रका ५ बडाका बिपन्न परिवार, आर्थिक अवस्था कमजोर भएका, असक्त र बृद्धाबृद्धाका लागि शिवीर लाभदायी भएको धारणा राखे । चिचीला गाउँपालिकाको आग्रहमा सोलुखुम्बु पोलिक्लिनीक एकेडेमी र बियुल एक्सपे्रन्ससको संयुक्त आयोजनामा गरिएको शिवीरमा डक्टर मिङ्मा ग्याल्जेन शेर्पा सहितको टोलिले मुटु, स्त्रीरोग, हाडजोर्नी,एक्सरे, साथै जेनरल मेडिकल, भिडियो एक्सरे, ईसिजी, र ल्यावटेष्ट लगायतका सेवा प्रदान गरिएको थियो । चिचिला गाउँपालिकाले बिगतका बर्षहरु समेत बिभिन्न अस्पतालको सहकार्यमा निशुल्क स्वास्थ्य शिवीर संचालन गर्दै आएको चिचिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुक्रादेवी राईले बताईन् । उनले कोरोना महामारीको अवस्थामा बिषेस शुरक्षा निति अपनाई सफलतापुर्वक शिवीर सम्पन्न गर्न सहयोग गरेकोमा सहयोगी संस्थाहरु सोलुखुम्बु पोलिक्लिनीक एकेडेमी र बियुल एक्सपे्रन्ससलाई धन्यबाद प्रकट गर्दै दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आगामी दिनमा समेत निरन्तर रुपमा निशुल्क स्वास्थ्य शिवीर संचालन गरिने जानकारी दिईन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 9 Viewed

प्रतिक्रिया दिनुहोस्