प्रधानमन्त्री के.पी.ओलीले संखुवासभाको किमाथाङ्का नाकामा रहेको सिमा सुरक्षा बल (बिओपी) र उत्तर दक्षिण कोशी राजमार्ग निरिक्षण गर्नु भएको छ । बहु चर्चित अरुण तेस्रो जलविधुत आयोजना निरिक्षण गर्न आउनु भएका प्रधानमन्त्री ओलीले गत बुधवार विहान चीनको सिमावर्ति नाका भोटखोला गाउँपालिका १ को किमाथांकामा पुग्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले सिमा सुरक्षा बल (बिओपी) को भवन लगायत सिमा नाकाको सो अवसरमा अनुगमन गर्नु भएको थियो । बिओपी पोष्ट अनुगमन पछि प्रधानमन्त्री ओलीले हेलिकप्टरबाटै जोगवनी किमाथांका नाका जोड्ने उत्तर दक्षिण कोशी सडकको समेत अनुगमन गर्नु भएको थियो ।

अरुण तेस्रो, सिमा सुरक्षा बल र उत्तर दक्षिण सडक अनुगमन गर्न आउनु भएका प्रधानमन्त्री संगै यातायात मन्त्री बसन्त नेवाङ, प्रदेश १ मुख्य मन्त्री शेरधन राई, विधान समितिका सभापति पर्शुराम मेघी गुरुङ, संखुवासभाबाट निर्वाचित प्रतिनिधि सभा सांसद राजेन्द्रप्रसाद गौतम, शसस्त्र प्रहरी बलका आइजिपी शर्वेन्द्र खनाल लगायत उच्च अधिकारीहरु रहेका थिए । कार्यक्रममा प्रदेश नं.१ सामाजिक विकास समितिका सभापति सरीता खड्का, प्रदेश नं. १ का सांसदहरु तुलसीप्रसाद न्यौपाने, पूणर्कुमार राई, पदमकुमारी गुरुङ, , जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, जिल्ला स्थित १० वटै पालिकाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मीहरु र स्थानीय जनताहरुको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई जिल्लाका पालिका प्रमुख र स्थानीयवासीहरुले कार्पेट विच्छ्याएर स्वागत गरेका थिए । मकालुको फ्याक्सिन्दा ड्यामसाइडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री के.पी.ओलीले त्रिदेशीय राजमार्गको रुपमा रहेको उत्तर दक्षिण कोशी राजमार्ग सरकारको महत्वपुणर् सडक भएको बताउनु भएको छ । यो सडक निर्माण भएसँगै चीन, भारत र नेपाललाई अन्तरदेशीय ब्यापार संग जोड्न सकिने बताउनु भयो ।  प्रधानमन्त्री ओलीले सम्वोधनको क्रममा उत्तर दक्षिण सडक निर्माण भएपछि बाह्रै महिना सञ्चालन हुने र किमाथांका नाका संम्म सडक निर्माण गर्न नेपाल सरकारले तिव्र गतिमा कार्य अगाडि बढाइरहेको बताउनु भयो । उहाँले किमाथांका नाका जोड्न १४ किलोमिटर सडक ट्याक ओपन बाँकी रहेकोले सडक छिटो बनाउन नेपाली सेनालाई कामको जिम्मा दिएको समेत बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सम्वोधनको क्रममा अहिलेको बर्तमान परिस्थितिको विश्लेषण गदै आफू नै नेकपाको पार्टी अध्यक्ष भएको बताउँदै आपूm जन निर्वाचित जनप्रतिनिधिबाट प्रधानमन्त्री निर्वाचित भएको र प्रधानमन्त्री रहरले नभएको बताउनु भयो । उहाँले पुरा कार्यकाल नेपाली जनताको शान्ति सुरक्षा र देशको संम्बृद्धि र विकासमा लागी पर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

उहाले सम्वोधनको क्रममा बहुचर्चित ९ सय मेघावाट अरुण तेस्रो विधुत आयोजना भारतिय समकक्षी प्रधानमन्त्री र आफूले २ बर्ष अघि सम्युक्त रुपमा शिल्यान्यास गरेको स्मरण गदै अहिले आयोजनाले मुर्त रुप लिएकोमा देशको आर्थिक सम्बृद्धिमा आयोजना निर्माण पछि सहयोग पुग्ने बतााउनु भयो ।

विक्रम सम्बत २०८१ मा सम्पन्न हुने लक्षका साथ निर्माण कार्य अघि बढिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजनाको ४० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भएको अरुण तेश्रो परियोजनाका सिईओ अरुण धिमानले बताउनु भयो ।

अरुण तेस्रो जलविधुत आयोजना निरिक्षण पछि आयोजित कार्यक्रममा संखुवासभा जिल्लाका स्थानिय १० पालीकाका जनप्रतिनिधिले आफनो पालीकाको विकास निर्माणका लागी नेपाल सरकार संग माग पत्र बुझाएका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीलाई चैनपुरे करुवा मायाको चिनो उपहार दिँदै चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रीले चैनपुर नगरलाई राष्ट्रिय गौरवको आयोजनाले सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत प्रस्तुत गर्नुभएको थियो । यसैगरी खाँदवारी नगरपालिकाका नगरप्रमुख मुरारीप्रसाद खतिवडाले अल्लोको कपडा उपहार दिँदै नगरको समग्र विकासका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाउनु भएको थियो । यसैगरी चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले मायाको चिनो स्वरुप स्थानीय उत्पादन अलैची दिँदै चिचिला गाउँपालिकाको विकासका लागि केन्द्रीय सरकारकसँग मागपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी मादी नगरपालिका, मकालु गाउँपालिका, भोटखोला गाउँपालिका लगायत पालिकाहरुले समेत ज्ञापन पत्र प्रधानमन्त्री ओलीलाई बुझाउनु भएको थियो । यसैगरी जिला समन्वय समिति संखुवासभाका संयोजक सुमन शाक्यले जिल्लाको समग्र मागलाई समेटेर प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र कार्यक्रम मार्फत हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष समय लिएर प्रतिनिधि सभाका सांसद राजेन्द्रप्रसाद गौतमले सम्बोधन गर्नुभएको थियो । यसैगरी कार्यक्रमको समापनको अवसरमा प्रदेश नं.१ का सांसद पूणर्प्रसाद राईले धन्यवाद ज्ञापन गर्नुभएको औपचारिक सरकारी यो कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिले भने कार्यक्रममा औपचारिक उपस्थिति जनाएनन् । अरुण तेस्रो परियोजना, सिमा सुरक्षा बल र उत्तर दक्षिण सडक अनुगमन गर्न आउनु भएका प्रधानमन्त्री संगै निर्माण तथा यातायात मन्त्री बसन्त नेवाङ, प्रदेश १ मुख्य मन्त्री शेरधन राई, विधान समितिका सभापति पर्शुराम मेघी गुरुङ, प्रतिनिधि सभाका सांसद राजेन्द्रप्रसाद गौतम लगायत भ्रमण दलमा सम्लग्न उच्च अधिकारीहरु बुधवार नै काठमाण्डौ हेलिकप्टरबाट फर्किएका संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 25 Viewed

प्रतिक्रिया दिनुहोस्