पूर्वी नेपाल संखुवासभाको चैनपुर नगरपालिका १ मा अवस्थित पर्यटकीय गन्तव्य बोकेको गुफापोखरी विकास निर्माण¸ संरक्षण र प्रचार प्रासारको अभावमा “नेपालको गुराँसको राजधानी” भनेर चिनिने यो क्षेत्र ओझेलमा पर्दा यहाँको पहिचान नै संकटमा परेको छ ।

नेपालको पूर्वी भागको संखुवासभा जिल्लाको चैनपुर नगरपालिका १ मा रहेको यो गुफापोखरी एक प्राकृतिक पोखरीको रुपमा चिनिने गर्दछ । यो पोखरी समुद्री सतहबाट २८ सय ९० मिटर उचाईमा रहेको यो सुन्दर तालको दृष्यावलोकन गर्न देश विदेशका विभिन्न धर्मालम्वीहरुको पर्यटकीय गन्तव्यको रुपमा एक पवित्र तीर्थ स्थानको रुपमा चिनिने गर्दछ ।

यो गुफापोखरीलाई अर्को नाम सिद्धमार्ग पोखरी भनेर पनि चिनिने गर्दछ । यस पोखरीको नाम सयौँ वर्ष अघि ऋषि र पुजारीहरूले दिएको किंवदन्ती भनाई रहेको स्थानीयवासीहरु बताउँछन् । यस पवित्र पोखरीमा दर्शन तथा पूजा आराधना गर्दा भक्तजनहरुको मनोकामना इच्छा पूरा हुने जनविश्वास समेत रही आएको छ । गोरखाको मनकामना तीर्थस्थल जत्तिकै संखुवासभाको गुफापोखरी तिनजुरे मिल्के जलजले क्षेत्रको लोकप्रीय गन्तव्यहरूमध्ये एक हो जसलाई “नेपालको गुराँसको राजधानी” का नामले विश्वभर चिन्ने गरिन्छ ।

गुफापोखरी मनोरम प्राकृतिक गन्तव्य बोकेको क्षेत्र भित्र विश्वमा नै नपाइने नेपालमा फेला परेका ३२ प्रजातिका गुराँस मध्ये २८ प्रजातिका गुराँसको फूल सर्वाधिक संख्यामा यस क्षेत्रमा पाइने गर्दछ । हजारौं अन्य फूल र बोटहरू, विभिन्न प्रजातिका जडिबुटी, सयौं प्रजातिका चराहरू, स्तनधारी जनावरहरुको असंख्य प्रजातिहरू र मकालु, कंचनजंगा लगायत हिमालको मनमोहक भव्य दृश्य हेर्न जोकोही युवा युवतीहरुको भिड यो वेला उल्लेख्य रुपमा लाग्ने गर्दछ । अझ यस पोखरीको अर्को महत्वपूणर् विशेषता भनेको रूखको प्रतिबिम्ब र हिमाल पर्वतमालाको समेत यो स्थान को सबै भन्दा प्रतिष्ठित दृश्य हो । यो गुफापोखरीबाट मौसम सफा भएको रातमा फोटोग्राफरहरू यस पोखरीमा देखिने स्वर्गको छाँया मार्ग प्रतिबिम्बित गर्नसमेत भ्याउने गर्दछन् ।

गुफा पोखरीको संरक्षण एवम् सम्वद्र्धन गर्न प्रदेश नं.१ को प्रदेश सरकारको बजेटबाट ४ सय १ मीटर राउण्डको ५ मीटर उचाइ र डेढ मीटर चौडाइ रहेको पिसीसी वाल लगाएर घेर्ने कार्यको प्रारम्भ भएको छ । २० लाखको लागतमा पोखरीको घेराबारा शुरु गरिएको भएपनि १ सय ६५ मीटर वाल मात्र निर्माण भएको र बाँकी तारवेराले घेरिएको गुफा पोखरी वाल घेरावारा उपभोक्ता समितिका सचिव धर्मराज भट्टराईले जानकारी दिए । सचिव भट्टराईका अनुसार सो बजेटको सम्पूणर् काम समयमा गर्न नसकेको भन्दै प्राविधिक प्रतिवेदनले १५ लाख मात्र भुक्तानी गर्नेगरी सिफारिस भएको हुँदा थप काम हुन नसकेको समेत उनले बताए ।

यस गुफा पोखरीलाई संरक्षण गर्न र घेरावारा गर्न यस वर्ष प्रदेश सरकारले ५० लाख बजेट उपभोक्ता समिति मार्फत गर्ने गरी रकम विनियोजन गरेको समेत भट्टराईले जानकारी दिए । आजभोलि कञ्चसनजङ्गा¸ मकालु हिमालको मनमोहक दृष्य र सूर्य उदाएको हेर्न गुफापोखरीको मेन्छ्याम डाँडामा मिर्मिरे विहानीको समयमा उल्लेख्य युवायुवतीहरुको भिड देखिने गर्दछ ।

मेन्छ्याम डाँडाबाट सूर्य उदाएको हेर्न पुगेकी तेह्रथुम मोराहाङकी विनु खापुङका अनुसार यस क्षेत्रको प्राकृतिक सौन्दर्यता अपार रहेपनि यहाँको भौतिक विकासको स्वरुप भने ओझेलमै परेको दुखेसो पोखिन् । उनीले भनिन्, यस गुफापोखरी क्षेत्रका होटलहरु व्यवस्थित नहुनु¸ यहाँका प्राकृतिक सौन्यर्यतालाई विकासका नाममा दिनप्रतिदिन विनाश तर्फ उन्मुख हुनु दुखद भएको बताइन् ।

यस्तै यात्राकै क्रममा पुगेकी धनकुटाकी करिश्मा आलेको दुखेसो पनि त्यस्तै छ¸ उनका अनुसार मेन्छ्याम जाने बाटो कम्तिमा पदमार्गको रुपमा ढुङ्गा विच्छ्याएर सिँढी निर्माण गरी अगाडि बढ्न सके यात्रामा थप सहजता हुने उनले बताइन् ।

यस्तै आन्तरिक पर्यटन प्रवद्र्धनको उदेश्यले संखुवासभाको खाँदवारीबाट चैनपुरको गुफापोखरी पुगेका युवा संगीतकार एवं नेपाली कांग्रेसका संखुवासभा जिल्ला सभापति दिपनकुमार श्रेष्ठको बुझाइमा यस क्षेत्रको विकासका लागि गुफापोखरीको वृहत्तर गुरु योजना बनाएर शहरको वस्ती विकास¸ पोखरी संरक्षण¸ पाथीभरा मन्दिर जाने पदमार्गको सुधार गर्दै मेन्छेयम डाँडादेखि सडकका दुवै भागमा रेलिङ लगाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई घच्घच्याउन ढिला भइसकेको उनले बताए ।

उसोत आजभोलि यो पोखरी क्षेत्रमा दृष्यावलोकन गर्न देशका विभिन्न भागबाट कोभिड १९ को समेत प्रवाह नगरी सयौँको संख्यामा आन्तरिक पर्यटकहरु धुले सडक बाटै भएपनि आउने गर्दछन् ।

यस क्षेत्रको विकासमा अघि बढ्न सके आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्वनका माध्यबाट यस क्षेत्रको विकासमा फड्को मार्न सकिने बताउँदै स्थानीय सरकार चैनपुर नगरपालिकाका नगर प्रमुख भरतकुमार खत्रीका अनुसार चैनपुर नुनढाकी गुफापोखरी जोड्ने सडकलाई पहिलो प्राथमिकतामा राखेर सडकको निर्माण कार्य भइरहेको जानकारी दिँदै यस क्षेत्रको समग्र विकासका लागि वृहत्तर गुरु योजना बनाएर स्थानीय सरकार अघि बढ्ने समेत बताउनु भयो ।

आजभोलि घुम्न जाउँ गुफापोखरी मेन्छ्यामको काख भन्दै मेन्छ्याम डाँडाबाट देखिने सूर्योदयको सौन्दर्यतामा रमाउनेहरुको भिड देख्दा मादी नगरपालिकाका दुर्गा दाहालले आश्चर्य चकित पर्दै मकालु हिमालको दृष्य हेर्न र पाथिभराको समेत दर्शन गर्न अनि यहाँको सेताम्य हिउँमा चौरी याकसँगै च्याब्रुङमा रातभर गुफा बजारमा नाच्न पाउँदा असाध्य रमाइलो भएको अनुभव समेत उनले सुनाए । यस्तै मादी नगरपालिका वडा नं.९ का वडा अध्यक्ष पासाङ ज्यानकाजी शेर्पाका अनुसार गुफापोखरी यात्राको क्रममा गुँरासको राजधानी तीनजुरे, मिल्के जलजलेहुँदै लामपोखरी, जोरपोखरीको दृष्य हेर्दै फोटो खिच्नेहरुको घुइचो देख्दा यस क्षेत्रको विकासका लागि गुफा क्षेत्रका मंगलवारे, चौकी र गुफापोखरी र सुके बजारलाई थप विकास गर्न ढिला भइसकेको हुँदा यस क्षेत्रको विकासमा सरोकार निकायहरुसँग समन्वय गरी आफूसमेत प्रतिवद्ध भएर विकासको गतिमा अघि बढ्नेसमेत वडा अध्यक्ष शेर्पाले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 40 Viewed

प्रतिक्रिया दिनुहोस्