२४ कात्तिक, काठमाडौं । आज साेमबार सुनचाँदीकाे भाउ बढेकाे छ ।

हिजाे आइतबार ९७ हजार ७ सयमा काराेबार भएकाे सुनकाे भाउ आज साेमबार ताेलामा ५ सय रूपैया बढेकाे छ ।

आज साेमबार छापावाला सुन ताेलाकाे ९८ हजार २ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै तेजावी सुन प्रतिताेला ९७ हजार ७ सय रूपैयामा काराेबार भइरहेकाे छ ।

आज चाँदी ताेलाकाे १२ सय ८५ रूपैयामा काराेबार भइरहेकाे छ । हिजाे चाँदी ताेलाकाे १२ सय ७५ रूपैयामा काराेबार भएकाे थियाे ।

अन्तिम पटक अध्यावधिक गरिएको 27 Viewed

प्रतिक्रिया दिनुहोस्