काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा चयन भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडन र उपराष्ट्रपतिमा चयन भएकी कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन्।

आइतबार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले बाइडन र ह्यारिसको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन् ।

नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 12 Viewed

प्रतिक्रिया दिनुहोस्